जोन्टाक्लव अफपोखराको महिला हिंसा विरुद्धको १६ दिने अभियानमा विभिन्न कार्यक्रम

पोखरा, मंसिर १० गते । जोन्टा क्लव अफपोखराले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।
अभियानका अवसरमा क्लवले पोखरामा विद्यालय स्तरिय निबन्ध प्रतियोगिता र बालविवाहको अन्त्यकालागि तयार पारिएको भिडियो सामाग्री सार्वजनिक गरेको क्लवका अध्यक्ष लिना श्रेष्ठ गोशलीले जानकारी दिइन् ।


कार्यक्रममा कुमुदिनीहोम्स माध्यमिक विद्यालय, पश्चिमाञ्चल माध्यमिक विद्यालय, विन्द्येश्वरी आर्दश बोर्डिङ स्कुल र गुरुकुल विद्याश्रमसंगको सहकार्यमा निबन्ध प्रतियोता सम्पन्न गरेको क्लवका अध्यक्ष गोशलीले जानकरी दिइन् । यस्तै बालबिवाह अन्त्य सम्बन्धी क्लवका सदस्य तथा एड्भोकेसी कमिटी सदस्य सुबि तन्दुकरले तयार पारेको भिडियो प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले सार्वजनिक गरे । साथै सो कार्यक्रममा निबन्ध प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय हुने विद्यार्थीहरुलाई नगद, प्रमाणपत्र सहित पुरस्किृत गरिएको क्लवका कोषाध्यक्ष नम्रता दाहाल थापाले जानकारी दिइन् ।

प्रतियोगितामा कुमुदिनी होम्सका अभिनव बानिया, दिप्सनकोइराला र दिया गुरुङ क्रमश प्रथम,द्वितिय, र तृतिय घोषित भए । यस्तै पश्चिमाञ्चलका आकृति अधिकारी, गरिमा ढुंगेल र जेसिका गुरुङ क्रमश प्रथम, द्वितिय, र तृतिय भए । त्यस्तै विन्द्येश्वरी आर्दशका पुजा सुनार प्रथम, सितल कंडेल द्वितिय र सोचना श्रेष्ठ तृतिय भए ।

त्यसैगरि गुरुकुलका सज्जल सुनार, मनिला क्षेत्री र दिया गुरुङले क्रमश प्रथम, द्वितिय, र तृतिय स्थान हाँसिल गरेको क्लवले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले कास्कीमा महिला हिंसा बिरुद्द शुन्य सहनशिलता अपनाइने प्रतिवद्धता ब्यक्त गरे । आचार्यले हरेक कार्यक्रम गर्दा आफ्नो आमाले सम्झेर ब्यबहारिक र प्रभाबकारी कार्य गर्न सुझाब दिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...