पोखरा २२ उल्लेरीमा सेभेन ए साइड फुटबल प्रतियोगिता हुने

पोखरा, मंसिर १० गते । उल्लेरी कप सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्वर २२ उल्लेरी युवा क्लवको आयोजनामा मंसिर २२ देखि २५ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागेको हो ।

शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा प्रतियोगिता संयोजक याम गुरुङ(बृद्धिमा)ले जानकारी गराउनुभयो । उल्लेरीस्थित ब्याडचौरमा प्रतियोगिता सञ्चालन हुने संयोजक यामले जानकारी दिनुभयो । प्रतियोगितामा २२ टिमले सहभागीता जनाउने अनुमान गरिएको क्लबका अध्यक्ष जीवन गुरुङले बताउनुभयो ।

क्लबले राष्ट्रको फुटबल खेलको विकास, खेलाडीको स्तर वृद्धि तथा आपसमा भाइचारा सम्बन्ध बढाउने उद्देश्यले उल्लेरीमा पहिलो पटक आयोजना गर्न लागिएको जनाएको छ । प्रतियोगितामा विजेताले नगद ५० हजार, उपविजेताले नगद २५ हजार र तेस्रो हुने टिमले नगद १० हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छन भने उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकीपरलाई ट्रफी तथा खेलकुद सामग्री पुरस्कार स्वरुप प्रदान गरिने प्रतियोगिताका संयोजक याम गुरुङ (बुद्धिमान)ले जानकारी दिनुभयो ।

 

कोरोना महामारीका कारण लामो समयसम्म थलिएको ग्रामीण पर्यटनसँगै समग्र पोखराको पर्यटन क्षेत्र प्रवद्र्धनमा टेवा पु¥याउने प्रतियोगिताको अर्को उद्देश्य रहेको जानकार दिंदै क्लवका सचिव सुजन पौडेलले प्रतियोगिता सफल बनाउन सवैसंग आग्रह गर्नुभयो ।

 

कार्यक्रममा स्थानीय सामाजि एवं राजनीतिक ब्यत्तित्व रत्ना गुरुङल, अग्रज खेलकुदकर्मी खड्ग बहादुर रानाभाट लगायतको सहभागिता रहेको थियो । उल्लेरी पर्यटकीय हिसावले आकर्षक गन्तब्य समेत हो । पोखराबाट १७ किलोमिटरको दुरीमा रहेको उल्लेरी १६ सय मिटरको उचाई रहेकाले पर्यटकीय हिसावले उत्कृष्ट रहेको बताइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...