पोखरामा विश्व टेनिस प्रतियोगिता, ९ देशका ११९ खेलाडी पोखरामा

पोखरा, मंसिर १० गते । पर्यटकीय सहर पोखरामा आईटिएफ विश्व टेनिस टुर जे ५ आयोजना हुने भएको छ ।कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा प्रतियोगिता आयोजना हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पोखरा रंगशालाको टेनिस कोर्टमा आयोना हुने प्रतियोगिताको तयारी पुरा भएको छ भने नेपाल सहित ९ देशका खेलाडीहरु पोखरा आइसकेको प्रतियोगिताआइटिएफ टेक्निकल चिफ( डाइरेक्टर) अजय विष्टले जानकारी दिनुभयो । यो प्रतियोगितामा १४ वर्ष माथि १८ वर्षमुनिका खेलाडीले सहभागीता जनाउने पाउने उहाँले बताउनुभयो ।

प्रतियोगिता नेपाली, अमेरिका, भारत, हङ्गेरी, स्वीडेन, डेनमार्क, व्राजिल, क्यानाडा, इजरायल लगायतका देशका ११९ जना खेलाडीले प्रतियोगिताका लागि छनोट खेल खेल्ने छन् । शनिबार र आइतबार छनोट हुने छ भने सोमबारबाट मुख्य प्रतिस्पर्धा हुने विष्टले जानकारी दिनुभयो । यो प्रतियोगिताले टेनिस खेलाडीको विश्व बरियता तलमाथि बनाउने भएकाले खेलाडीका लागि महत्वपूर्ण रहेको उहाँले बताउनुभयो । यो प्रतियोगितामा पुरस्कार हुदैन तर यसमा खेल्ने खेलाडीको विश्व वरियतामा असर पार्छ उहाँले भन्नुभयो ।

 

मुख्य प्रतियोगिताका लागि पुरुष र महिला गरी ६४ जना खेलाडी छनोट हुने छन् भने चार जानले बाइल्डकार्ड मार्फत प्रतियोगिता खेल्न छन् । नेपालबाट चार महिला र चार पुरुषले वाइल्कार्ड प्राप्त गर्ने छन । प्रतियोगितामा पोखराबाट चार जना खेलाडीले सहभागीता जनाउने छन् । विगत चार वर्षदेखि प्रतियोििगताले पोखरामा खेल पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भुमिका खेल्ने पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भटराईले बताउनुभयो ।

पोखरामा निरन्तर जारी रहेको यो प्रतियोगिताले खेलकुद मार्फत पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै नेपाल टेनिस संघका केन्द्रिय सदस्य समेत रहेका विष्टले हरेक वर्ष पोखरामा विदेशी खेलाडीको आगमन बढ्दै गएको बताए । उनले भने–“शनिवार बाट हामी क्वालिफाइङ राउण्ड शुरु गर्दैछौं, क्वालिफाइङ राउण्डबाट छानिदैं सोमबार बाट शुरु हुने दोश्रो चरणको खेलमा व्वाइज र गल्र्सतर्फ ६–६ खेलाडी छनोट हुनेछन् ।” दोश्रो चरणका लागि भने र्‍याकिङका २२ जना र वाइल्डकार्ड बाट छानिएका ४ जना व्वाइज र गल्र्सतर्फ गरी ३२–३२ जना खेलाडी भिड्नेछन् ।

 

प्रतियोगितामा नेपालबाट पुरुषमा निहाल जङ्गबहादुर राणा, किशान गुरुङ, गिर्वाणजङ्ग थापा र सौगात विकले सहभागीता जनाउने छने भने महिला तर्फ श्रेया भट्टराई र रोमिका वुद्धाचार्यले प्रतिस्पर्धा गर्ने टेनिस संघका सचिव नविन श्रेष्ठले बताउनुभयो ।कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोकबहादुर गुरुङले अन्र्तराष्टिय प्रतियोगिताले यहाँको पर्यटनसंगै नेपाली खेलाडीहरुको अन्तराष्टिय छविमा सुधार आउने विश्वास ब्यक्त गर्नुभयो । प्रतियोगिता सम्पन्न गर्न करिव १५ लाख खर्च हुने अध्यक्ष गुरुङले बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...