दुई लाख अमेरिकी डलर सहित मुस्ताङका छिरिङ डुन्डुक पोखरामा पक्राउ

पोखरा, मंसिर ११ गते । मुस्ताङको चराङ ४ का छिरिङ डुन्डुक गुरुङलाई कास्की प्रहरीले अमेरिकी डलर सहित पक्राउ गरेको छ । काठमाडौंबाट आउँदै गरेको माइक्रो बसबाट १ लाख ९४ हजार २ सय डलरसहित प्रहरील पक्राउ गर्न सफल भएको हो । उनको झोलामा ५० अमेरिकी डलरको नोट ७२ वटा र १०० डलरको नोट १ हजार ९ सय ६ वटा भेटिएको कास्की प्रहरीले जनाएको छ ।

गुरुङले यतिका रकम बोकेर माइक्रो बसमा आउँदै गरेको सूचना प्रहरीले शुक्रबार बिहान पाएको थियो ।सुचनासंगै पृथ्वी राजमार्गको पोखरा खण्डमा चेकजाँच बढायो। गुरुङ चढेको माइक्रो बस पोखरा प्रवेश गर्नासाथ प्रहरीको चेकजाँचमा पर्‍यो। गुरुङ र उनले बोकेको सबै सामग्री प्रहरीले बरामद गर्‍यो।

शुक्रबार दिउँसो साढे तीन बजेतिर पोखराको मझुवाबाट गुरुङलाई पक्राउ गर्न सफल भएको कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले बताउनुभयो । पक्राउ परेका उनलाई थप अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रह्रीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...