सन्तुलित र समानुपातिक विकास आवश्यक छः मन्त्री बराल

पोखरा, मंसिर ११ गते ।गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले सन्तुलित र समानुपातिक विकास गर्न आवश्यक भएको बताउनु भएको छ । पोखरा हार्डवयर एशेसियसन कास्कीको आइतबार पोखरामा सम्पन्न भएको २८ औं बार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री बरालले उक्त कुरा बताउनु भएको हो ।

दलाल नोकरशाही पुंजिको विगविगी दिनदिनै मौलाएको उल्लेख गर्दै मन्त्री बरालले सामाजिक न्याय सहितको समृद्धि खोजेको बताउनु भयो । दलाल नोकरशाही पूंजिलाई निरुत्साहित गरी सरकारी राष्ट्यि पुंजिलाई प्रोत्साहत गर्नुपर्ने उहाँको भनाई थियो । पूजिं र श्रमको तारतम्मे मिलाउनु पर्ने बताउनु भएको मन्त्री बरालले श्रम र पूंजिले एक अर्कोलाई सम्मान गर्नूपर्नेमा जोड दिनु भयो । व्यवसायी र राज्य बिच समन्वय र सहकार्य आवश्यक भएको मन्त्री बरालको भनाई छ ।

 

कोरोनाले गर्दा हाल देशको अर्थतन्त्र धरासायी भएको अबस्थामा व्यवासयीहरुले गरेको सहयोग रचनात्मक काम गरेकोमा मन्त्री बरालले प्रशंम्सा गर्नु भयो । आन्तरिक पुंजिको बृद्धि गर्ने बिषयमा गहिरो रुपमा पुनः विचार गर्नुपर्ने उहाँले बताउनु भयो । आन्तरिक पुंजि बृद्धि गर्नको लागि व्यवसायीको परामर्श आवश्यक भएको उहाँले बताउनु भयो । व्यवसायी की राजनीति दुई मध्य एकलाई प्रथामिकता दिनुपर्ने मन्त्री बरालको जोड थियो । खोपको राजनीतिले गर्दा समयमै कोरोना बिरुद्धको खोप उपलब्ध गराउन केही ढिलाई भएको मन्त्री बरालले बताउनु भयो ।

 

कार्यक्रममा बरिष्ठ सल्लाहकार रामचन्द्र थापाले सामाजिक सुधार व्यावसायीक एकताको लागि संस्था गठन भएको दाबी गर्नु भयो । संस्थाका बरिष्ठ उपाध्यक्ष प्रेम बहादुर पौडेलले व्यवसायीका धेरै समस्या भएको गुनासो गर्नु भयो । पोखरा उद्योग बाणिज्य संघका सदस्य सुदिप प्रधानाङग्ले हरेक बर्ष जसो भारतिय व्यवसायीबाट आम उपभोत्ता ठगिने गरेको दाबी गर्नु भयो ।

एशोसियसनका अध्यक्ष शेषकान्त ढकालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय कास्कीका प्रमुख गोकुल शर्मा, पोखरा उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष पवन प्रजापती, कार्यक्रम संयोजक प्रकाशचन्द्र घिमिरे, महासचिव कृष्ण प्रसाद कोइराला लगायतले वोल्नु भएको थियो । २०५० जेठ २९ गते स्थापना भएको एशोसियसनमा हाल २ सय ३५ जना व्यावसयीहरु आबद्ध भएको अध्यक्ष ढकालले बताउनु भयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...