पदाधिकारी र केन्द्रीय सदस्य छान्ने जिम्मा अध्यक्ष ओलीलाई, नेता रावलको आपत्ति

चितवन– नेकपा एमालेमा सर्वसम्मत नयाँ नेतृत्व चयन गर्ने तयारी भएको छ ।चितवनमा जारी १० औं महाधिवेशनबाट एमालेले सहमतिमा नेतृत्व चयनको प्रयास गरेको हो । बन्द सत्रले पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

बन्द सत्रको उक्त प्रस्तावको विपक्षमा भिम रावलले फरक मत राख्नुभएको छ । उहाँले उक्त प्रस्ताव अस्वीकार गदै फरक मत राखेको एक महाधिवेशन प्रतिनिधिले बताए । एमालेमा यो महाधिवेशन सर्वसम्मत गर्ने प्रयास भैरहेको छ । तर नेतृत्वमा धेरै आकांक्षी भएपछि नेतृत्व चयनमा सकस भएको छ । बन्द सत्रले पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने प्रस्ताव समेत पारित गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...