कास्की कांग्रेसको सभापतिमा किशोरदत्त बराल निर्वाचित

पोखरा, मंसिर १२ गते । । नेपाली कांग्रेस कास्कीको सभापतिमा किशोरदत्त बराल विजयी भएका छन् ।दोश्रो चरणको मतदानबाट प्रत्यासी सुदीपमोहन भट्टराईलाई पराजित गर्दै बराल सभापति पदमा विजयी भएका हुन् ।

शनिबार सम्पन्न मतदानमा कूल १ हजार ९ सय २६ मत खसेको थियो । जसमा बरालले ९ सय ९५ र भट्टराईले ९ सय १५ मत प्राप्त गरे । नवनिर्वाचित सभापति बराल संस्थापन पक्षका हुन् ।

 

शुक्रबार सम्पन्न मतदानमा सभापति पदमा प्रतिस्पर्धा गरेका पाँच जनामा कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढ़ी मत प्राप्त गर्न नसके पछि शनिबार दोश्रो चरणको मतदान भएको हो ।

 

पहिलो चरणमा बराल, भट्टराईसहित आइबहादुर गुरुङ, पोषनाथ शर्मा र गिरीराज गौतमले सभापति पदमा प्रतिस्पर्धा गरेका थिए ।टराईलाई अरु तिन उम्मेदवारले समेत साथ दिएका थिए । पहिलो चरणबाट सभापतिको दौडमा नपरेका पोषनाथ शर्मा,आइबहादुर गुरुंग र गिरीराज गौतमले भटराईलाई मतदान गर्न विज्ञप्ति जारी गरेका थिए । तर उनीहरुको आह्वानलाई मतदातले सुनेन र बराल सभापतिमा निर्वाचित भए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...