सर्वसम्मत नेतृत्व चयन गदै एमालेको दशौँ महाधिवेशन आज सकिदै

पोखरा, मंसिर १२ गते । नेकपा एमालेको दशाँै महाधिवेशनको आज तेश्रो तथा अन्तिम दिन । आज नयाँ नेतृत्व चयन गदै एमाले महाविधेशन सम्पन्न हुने छ । चितवनमा जारी महाधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास एमालेमा भैरहेको छ । शनिबारको बन्द सत्रले एमाले अध्यक्ष ओलीलाई पदाधिकारी सहित केन्द्रीय सदस्य चयन गर्ने जिम्मेवारी सुम्पिएको छ ।

बन्द सत्रले पारित गरेको निर्णयमा एमाले नेता भिम रावलले आपत्ति जनाएका छन् ।उनले आफु अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । अध्यक्ष ओलीलाई पदाधिकारी चयनको जिम्मेवारी दिनु विधान विपरित हुने बताएका छन् । तर महाधिवेशन प्रतिनिधिले सर्वसम्मत नेतृत्व चयन हुनुपर्ने बताएका छन् । एमाले महाधिवेशनमा निर्वाचन हुने अवस्था छैन् ।

 

महाधिवेशनमा फरक मत राख्ने रावत एक्लो नेता भएका कारण सर्वसम्मतीमै नेतृत्व चयन गरेर एमालेको दशौँ महाधिवेशन अन्त्य हुने सम्भावना छ । आज विहान दशबजेटबा बन्द सत्र सुरु हुने छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...