एमाले केन्द्रीय सदस्यमा काबा प्रमुख गुरुङको उम्मेदवारी घोषणा

पोखरा, मंसिर १२ गते। पोखरा महानगरपालिका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङद्धारा नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

चितवनमा जारी एमालेको दशौ महाधिवेशनमा उहाँले जनजाती महिला तर्फको केन्द्रीय  सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो । उहाँ पोखरामा महानगरपालिकाको कार्यबाहक प्रमुख हुनुहुन्छ भने अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य र एमाले जिल्ला कमिटि कास्कीको सचिवालय सदस्य समेत हुनुुहुन्छ ।

 

२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा झण्डै दश हजार मत अन्र्तरले उपप्रमुखमा निर्वाचित हुनुभएको थियो । उहाँ कार्यकता र जनताको वीचमा लोकप्रिय हुनुहुन्छ । एमालेमा उहाँ मध्यममार्गी धारका रुपमा परिचिरत हुनुहुन्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...