कालिका नमूना विद्यालयमा नेतृत्व विकास कार्यशाला

पोखरा, मंसिर १२ गते ।कालिका नमूना माध्यमिक विद्यालय रामबजारमा दुई दिवसीय उद्घोषण तथा नेतृत्व विकास कार्यशाला सम्पन्न भएको छ ।स्वतन्त्र पत्रकार संघ कास्कीको आयोजनामा सम्पन्न कार्यशालामा कक्षा ८ देखि १२ सम्मका ४० जना विद्यार्थीको सहभागिता रहेको थियो ।

चार सत्रमा सञ्चालन भएको कार्यशालामा असफल गौतम, कृष्ण रानाभाट, ओम उपाध्याय, डिल्लीराम काफ्ले, राधा ढकाललगायतले सहजीकरण गरेका थिए ।समापन समारोहलाई सम्बोधन गर्दै स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोलाले संघले विगतदेखि नै दुर्गम स्थानका संस्थाका पदाधिकारीको निःशुल्क नेतृत्व विकासमा गर्दै आएको सन्दर्भमा विद्यालयले विद्यार्थीका लागि उद्घोषण र नेतृत्व विकास कार्यशाला सञ्चालन गर्नु गौरवको कुरा भएको उल्लेख गरे । बास्तोलाले भोलिका दिनमा विद्यार्थी भाइबहिनीले स्वतन्त्र पत्रकार संघको नाम सम्झने वातावरण कास्की शाखाले गरेकोमा आभार व्यक्त गरे ।

 

विद्यालयका प्रधानाध्यापक बलराम गिरीले नेपाल सरकारले नमूना विद्यालय घोषणा गरेको विद्यालयका झण्डै २७ सय विद्यार्थीमध्ये ४० नमूना विद्यार्थीलाई नेतृत्वकर्ताका बनाएर बाँकी विद्यार्थीको व्यक्तित्व विकासमा विद्यालयले संघसँग निरन्तर साझेदारी गरेर अगाडि बढ्ने बताए ।सहायक प्रधानाध्यापक वासुदेव अधिकारीले भाइबहिनीको व्यक्तित्व र नेतृत्व विकासमा उपसमिति गठन गरेर आगामी दिनमा सक्षम नेतृत्वदायी भूमिकामा विद्यार्थीलाई पु¥याउन पहल गर्ने बताए ।

 

सहभागी विद्यार्थी मिसेल परियारले आफूनो जीवनमा स्वतन्त्र पत्रकार संघ कास्कीको तालिमले नयाँ अध्यायको शुरु गराएको बताइन् । अर्का विद्यार्थी रितेक विकले असफल गौतमको सफल प्रशिक्षणले पहिला आफैँले थाम्नु पर्ने खुट्टाले ठाउँ छोडेको छ कि भन्ने वातावरणको अन्त्य भएको धारणा राखे । विद्यार्थी जनक शर्माले स्वतन्त्र पत्रकार संघ कास्कीको तालिमले साच्चै व्यवहारिक ज्ञान आर्जन गरेको उल्लेख गरे ।

असफल गौतमले संघको कार्यशालाबाट विद्यार्थी भाइबहिनीले आफ्नो विगतको गौरवपूर्ण इतिहासलाई आत्मसात गरेर भविष्यलाई उपलब्धिमूलक बनाउन सक्षम हुने धारणा राखे ।संघका सचिव गंगासागर उपाध्यायले संघको तालिमले विद्यार्थीलाई नेतृत्व तहमा ल्याउनका लागि उत्प्रेरणा जगाउनेमा आफू विश्वस्त रहेको बताए ।

कार्यक्रम संयोजक डिल्लीराम कार्कीले स्वतन्त्र पत्रकार संघले सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्षित गरेर निरन्तर निःशुल्क उद्घोषण र नेतृत्व विकास कार्यशाला सञ्चालन गर्ने क्रममा कालिका माविमा आएको बताए ।समापन समारोहमा संघका पूर्व उपाध्यक्ष कृष्ण रानाभाट, कोषाध्यक्ष ओम उपाध्याय, सहसचिव डिल्लीराम काफ्ले, सदस्य राधा ढकाललगायतले बोलेका थिए । सो अवसरमा विद्यालयले आयोजक संस्था तथा प्रशिक्षकहरुलाई सम्मानसमेत गरेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...