बाघको आक्रमणबाट जित बहादुरको मृत्यु

पोखरा, मंसिर १२ गते । बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । नवलपरासी पूर्व विनयी त्रिवेणी गाउँपालिका १ घुम्टी बस्ने वर्ष अन्दाजी ६३ को जित बहादुर वि.क.को बाघको आक्रमणबाट मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

घरबाट निस्किएका वि.क.साँझ सम्म पनि घर नआएको भन्ने खबर प्राप्त भपछि प्रहरी टोली खटीएको थियो । स्थानियको सहयोगमा खोजी गर्ने क्रममा सोही स्थान स्थितमा रहेको विनयी सामुदायिक बनमा बाघले आक्रमण गरी शरीरको केही भाग खाएको र मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको गण्डकी प्रदेश प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...