एमाले महाधिवेशन : बन्द सत्र ७ बजे, प्रतिनिधि अन्यौलमा, पदाधिकारी चयनमा सकस

पोखरा, मङ्सिर १२ गते ।नेकपा एमालेको दशौँ महाधिवेशन चितवनमा जारी छ । महाविधेशन अन्र्तगत आज बन्द सत्रको दोश्रो दिन भएपनि बन्द सत्र सुरु हुन सकेको छैन् । बन्द सत्र अहिले साँझ सात बजेबाट सुरु हुने भएको छ । महाधिवेशन अन्र्तगत आज निर्वाचनको कार्यतालिका थियो । तर एमालेले सर्वसम्मत नेतृत्व चयन गदै एकता प्रर्दशन गर्ने बताएपनि पदाधिकारीमा सर्वसम्मत हुन नसक्दा बन्द सत्र सुरु हुन नसकेको हो ।

पदाधिकारीमा ओली खेमाकै नेताहरु वीच सहमती नहुदाँ सर्वसम्मत नेतृत्व चयनमा सकस देखिएको हो । बरिष्ठ उपाध्यक्षमा सुवास नेम्वांग र ईश्वर पोखरेलवीच रस्साकस्सी भएपछि विवाद देखिएको छ । नेम्वांगले अध्यक्ष ओली बाहेक कसैलाई नेता नमान्ने बताएपछि सहमतीमा नेतृत्व चयन थप पेचिलो बनेको छ । त्यस्तै महासचिवमा विष्णु पौडेल र शंकर पोखरेल आकांक्षी देखिएका छन् । एमालेमा असुन्तुष्ट देखिएका भिम रावलले अध्यक्षमा उम्मेदवारी प्रस्तुत गरेका छन् । उनले निर्वाचनमा एक मत आएपनि नछाडने अडान लिएका छन् । कुनै एक ब्यक्तिलाई नाम घोषणा गर्ने दिनु विधान विपरित हुने बताउदै आएका छन् । बन्द सत्र सुरु नहुदाँ प्रतिनिधिहरु अन्यौलमा छन् ।

 

अधिकांश प्रतिनिधिहरु सर्वसम्मतको पक्षमा भएपनि पदाधिकारी चयनमा देखिएको समस्याले निर्वाचन हुन्छ वा सर्वसम्मत भन्नेमा अन्यौल देखिएको छ । यदि सर्वसम्म हुन नसके एमाले महाधिवेशन लम्विने सम्भावना रहेको छ । एमालले आज महाविधेशन सम्पन्न गर्ने योजना बनाएपनि अहिलेसम्म बन्द सत्र नहुदाँ लम्विने हो की भन्ने आशंका उब्जेको छ । तर एमाले महाविधेशनमा घोषणा गर्ने नामको सुची तयार भएको भन्दै साँझ ७ बजे सुरु हने बन्द सत्रले नेतृत्व टुंग्याउदै समापन हुने दावी गरिएको छ ।

 

बिहान १० बजे हुने भनिएको नेकपा ९एमाले०को १० औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आइतबार साँझ ७ बजेदेखि सुरु हुनेभएको छ । चितवनको सौराहामा जारी महाधिवेशनको बन्दसत्र ७ बजेदेखि सुरु हुने एमाले नेता गोकुल बाँस्कोटाले जानकारी दिनुभयो ।

अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि नेता बाँस्कोटाले सञ्चारकर्मीलाई सोबारे जानकारी दिँदै सहमतिको प्रयासको निरन्तरताका लागि पहल भइरहेको बताउनुभयो ।उहाँले अध्यक्षका आकांक्षी निवर्तमान उपाध्यक्ष डा। भीम रावल एमालेकै नेता भएको र पार्टीमै रहेको स्पष्ट पार्नुभयो ।

एमालेका निवर्तमान सचिव पृथ्वीसुब्बा गुरुङले महाधिवेशनमा नयाँ नेतृत्वका लागि ९० प्रतिशतसम्म सहमति भइसकेको र आजै महाधिवेशन सम्पन्न हुने जानकारी दिनुभयो । निर्वाचनको तयारी गरेको केन्द्रीय निर्वाचन आयोग भने सहमति हुने भएपछि मौन छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...