एमाले महाधिवेशन :अध्यक्षमा रावल र उपाध्यक्षमा भुसालको उम्मेदवारी, मतदान हुने सम्भावना

काठमाडौं, मंसिर १३ गते । नेकपा एमालेको दशौँ महाविधेशनको बन्दसत्रमा सर्वसम्मतका नाममा अध्यक्ष केपी शर्मा ओलीले मध्यरातमा पदाधिकारी र केन्द्रीय सदस्यहरुमा नामा घोषणा गरेपछि ब्यापक असन्तुष्टि देखिएको छ । पदाधिकारी देखि सदस्यहरुमा असन्तुष्टि देखिएपछि निर्वाचन हुने सम्भावना बढेको छ । एमाले नेता भिम रावलले आफुले अध्यक्षमा उम्मेदवारी दिने अडान छाडेका छैनन । उनले रातीनै अध्यक्ष पदका लागि उम्मेदवारीका फर्म भरेका छन् ।

त्यस्तै उपाध्यक्षमा घनश्याम भुसालले पनि आफनो उम्मेदवारी रहने बताएका छन् भने केन्द्रीय सदस्यको पदमा समेत उम्मेदवारी पर्ने देखिएको छ । एमालेले निर्वाचन प्रक्रिया अहिले आठ बजेबाट सुरु गर्ने भएको छ । आज निर्वाचनको कार्यतालिका अनसार रातीनै मतदाताको नामावली प्रकाशन लगायतका निर्वाचन प्रक्रिया अगाडी बढेको छ । निर्वाचन कार्यतालिका आज विहान ९ बजेदेखि ४ बजेसम्म मतदानको समय तोकिएको छ ।

 

माओवादीबाट एमालेमा आएका तीन भाइले एमालेको पदाधिकारीमा जिम्मेवारी पाएका छन् ।जारी महाधिवेशनमा अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले माओवादीबाट आएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी र लेखराज भट्टलाई पदाधिकारीमा समेटेका हुन ।ओलीले घोषणा गरेको सूचीमा उपाध्यक्षमा बादल, सचिवमा रायमाझी र भट्ट परेका छन् । तर १० बुँदे सहमति गरेर एमालेमै बसेका भीम रावल, घनश्याम भुसाल र भीम आचार्य पदाधिकारीमा परेनन् ।

 

ओली उक्त घोषणाप्रति रावल र भुसालले आपत्ति जनाएका छन । अहिले आठ बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुँदैछ । निर्वाचन प्रक्रियामा रावलले अध्यक्षमा उम्मेदवारी दिने बताइएको छ । भुसालले पनि उपाध्यक्षको दाबी छाडेका छैनन ।सूचीमा नपरेका अन्य पदाधिकारी र सदस्यका आकांक्षीले पनि असन्तुष्टि जनाइरहेका छन् । यसो हुँदा चुनाव हुने सम्भावना प्रबल छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...