एमाले केन्द्रीय सदस्यमा कास्कीबाट सात जना, सचिवमा अटेन अधिकारीको नाम

पोखरा, मंसिर १३ गते ।नेका एमालेको केन्द्रीय कमिटिमा कास्कीबाट सात जना केन्द्रीय सदस्यको सुचिमा परेका छन् । नेकपा एमालेको दशाँै महाधिवेशन चितवनमा जारी छ । महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने भन्दै मध्यरातमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी र केन्द्रीय सदस्यहरुको नाम बन्दसत्रमा घोषणा गरे ।

अध्यक्ष ओलीले घोषणा गरेको नाममा कास्कीले एक सचिव पाउने बताइएपनि अन्तिमा त्यो हुन सकेन् । ओलीको सुचिमा कास्कीबाट सचिवमा खगराज अधिकारीको नाम पर्ने बताएपनि अन्तिमको सुचिमा उनको नाम अटेन । कास्कीले सात केन्द्रीय सदस्य पाएको छ । ।कास्कीबाट खुल्लामा खगराज अधिकारी, भीम कार्की,राजीव पहारी र कृष्ण थापा ओलीको सुचिमा परेका छन् । त्यस्तै खुला महिलाबाट सिता गिरी वली र विद्या भटराई केन्द्रीय सदस्य हुुनुभएको छ भने भुगोलमा महिलाबाट मिनाकुमारी गुरुंग ओलीको सुचिमा अटाएकी छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...