एमालेको नेतृत्व चयनका लागि निर्वाचन हुने पक्का, रावलले गरे अध्यक्षमा उम्मेदवारी दर्ता

पोखरा, मंसिर १३ गते। नेकपा एमालेमा सर्वसम्मत नेतृत्व असम्भव देखिएको छ । अध्यक्षमा नेता भिम रावलले उम्मेदवारी दर्ता गरेसंगै निर्वाचन हुने पक्कापक्की भएको छ । सर्वसम्मत नेतृच्व चयनको रटानले दुई दिन समय लिएको एमाले महाधिवेशन निर्वाचन हुनेभएपछि लम्विएको छ । अध्यक्ष ओलीले अध्यक्ष मण्डलका तर्फबाट पदाधिकारी र केन्द्रीय सदस्यको नाम मध्यरातमा बन्दसत्रमा घोषणा गरेपनि नेता भिम रावलले त्यसलाई अस्वीकार गरे ।

उनले ब्यक्तिले नाम घोषणा गर्ने प्रक्रिया पार्टी विधान विपरित हुने भन्दै पराजित भएपनि निर्वाचनमा जाने अडान लिएका छन् । उनले अध्यक्षमा मनोनयन दर्ता गरेका छन् । अव वर्तमान अध्यक्ष ओलीले उम्मेदवारी दर्ता गरे भने निर्वाचन हुने छ । निर्वाचनबाट नेतृत्वको छिनोफानो हुने छ ।

 

एमालेको निर्वाचन आयोगका प्रमुख डा। विजय सुब्बाका अनुसार सोमबार बिहान ९ देखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । ओलीले सहमतिका लागि प्रस्ताव गरिएका र अरुले पनि यो अवधिमा उम्मेदवारी दर्ता गरेपछि निर्वाचनको बाँकी प्रक्रिया अघि बढ्ने समेत उनले जानकारी दिएका छन ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...