थप २४३ जनामा संक्रमण, एक जनाको मृत्यु

काठमाडौँ, मङ्सिर १३ गते । पछिल्लो २४ घण्टामा २४३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार २३१ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, दुई हजार ६५६ जनामा एन्टिजेन परीक्षण गरिएकोमा १६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको जनाएको छ ।

 

पछिल्लो २४ घण्टामा २६४ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी सोही अवधिमा एक जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५२४ पुगेको छ ।

 

यसैगरी देशभर हालसम्म छ हजार ९४४ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा एक लाख ४४ हजार ५३४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...