पोखरामा आइटिएफ वर्ल्ड र्‍याकिङ टेनिस टुर जे–५ सुरु

पोखरा, मंसिर १३ गते । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा ‘यू–१८ आइटिएफ वल्र्ड र्‍याकिङ टेनिस टुर जे–५’ सुरु भएको छ । पोखरा रंगशालाको टेनिस कम्प्लेक्समा सुरु प्रतियोगिताको गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङले उद्घाटन गर्नुभयो ।

उहाँले पोखरामा टेनिस खेलको सम्भावना प्रचुर रहेको बताउदै प्रदेश सरकारले पूर्वाधार निर्माण र प्रतियोगिताका लागि सहयोग गर्ने बताउनुभयो । पोखरा रगंशालाको टेनिस कोर्टमा बालबालिकाका लागि दुई वटा टेनिस कोर्ट निर्माणका लागि सहयोग गर्ने बताउनुभयो ।

मंगलबार भएको खेलमा नेपाली खेलाडीहरुले राम्रो खेल प्रर्दशन गरेका छन् । उद्घाटन खेलमा नेपाली नम्वर एक खेलाडी अविलाषा विष्ट र प्रकृति श्रेष्ठले जित दर्ता गरेका छन् । दुवै जनाले विदेशी खेलाडीलाई हराउदै जित दर्ता गरेका हुन् । अविलाषाले भारतीय खेलाडी मुरम्यायीन जोशीलाई ६े–० र ७े–५ को सेटमा पराजित गरिन् । त्यस्तै प्रकृति श्रेष्ठले बेल्जियकी माक्रिस्टिभलाई ६े–२ र ६े–४ ले हराउदै जित दर्ता गरिन् ।


दिसेम्वर ११ अर्थात मंसिर २५ गते सम्म हुने प्रतियोगिता अन्तर्गत नेपाल सहित विभिन्न १० देशका ११९ जना खेलाडी पोखरा आएका छन् । प्रतियोगितामा नेपालका व्वाइज र गर्ल्सतर्फ गरी २६ जना खेलाडी प्रतिष्पर्धा गर्दैछन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...