राम्रो सम्भाबना भएका खेलहरुको प्रशिक्षण सुरु गरेका छौ : मन्त्री राजीव गुरुङ

पोखरा, मंसिर १३ गते । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङले नवौ राष्ट्रिय खेलकुदमा पदक जित्ने सम्भावना भएका खेलहरुलाई प्राथमिकतामा राखेर प्रशिक्षण सुरु गरेको बताउनुभएको छ । सोमबार मन्त्रालयमा केही पत्रकारहरुसंग छलफल गदै उहाँले पोखरामा टेनिस, साईकलिङ, भलिबल, टेवलटेनिस, फुटसल र ह्याण्डबलको राम्रो सम्भवना रहेको बताउनुभयो । उहाँले यी छ खेललाई प्राथमिकतामा राखेर नवौ राष्टिय खेलकुदका लागि प्रशिक्षण सुरु गरिएको बताउनुभयो ।

उहाँले साईक्लिङको लागि पोखरा अन्तराष्टिय प्रतियोगितामा उत्कृष्ट ठाँउ रहेको बताउनुभयो । डाउनहिल का लागि पोखराको वडा नम्वर २ मा पर्ने जगल भएको क्षेत्र उत्कृष्ट रहेको बताउनुभयो । मन्त्री गुरुङले पोखरामा अहिले टेनिसको अन्तराष्ट्रिय प्रतियोगिता भैरहेको बताउदै यसले यहाँको खेलकुद र पर्यटनलाई समेत फाइदा पुगेको बताउनुभयो । टेनिसमा नेपाली खेलाडीहरुको प्रर्दशन समेत उत्कृष्ट रहेको आफुले प्रतियोगिता हेरेपछि थाहा पाएको बताउनुभयो । टेनिसले राम्रो प्रतियोगिता गरेको रहेछ उहाँले भन्नुभयो,‘ यसलाई व्यवस्थित र यसको प्रचारका लागि मन्त्रालयले सहयोग गर्छ ।’

त्यस्तै उहाँले भलिबलमा गण्डकी प्रदेश अब्बल रहेको बताउदै यसको पनि प्रशिक्षणको तयारी सुरु गरेको बताउनुभयो । उहाँले भलिबलमा पनि गण्डकीले राम्रो गर्नसक्ने भएकाले यसलाई पनि प्राथमिकतामा राखेर जानुपर्ने बताउनुभयो । त्यस्तै उहाँले ह्याण्डबल पनि पदक जित्ने सम्भावना रहेको बताउनुभयो । ‘हाम्रो भौगोलिक अवस्था र यहाँको आवश्यकता अनुसार खेलाउन सकिने भएकाले यसको पनि सम्भवाना रहेको छ ।’ मन्त्री गुरुङले टेबल टेनिसमा पनि खेलाडीहरु राम्रो रहेको बताउदै खेलरुलाई प्राथमिकीकरण गरेर जानुपर्ने बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...