नेपाल टेलिकमको एफटिटिएच(FTTH) प्रविधि हिमाल पारिको जिल्ला मनाङमा सुरु

नेपाल टेलिकमको द्रुत गतिमा इन्टरनेट चल्ने FTTH (Fiber To The Home) प्रविधि मनाङ जिल्लामा पनि सुरु भएको छ |
मनाङका प्रमुख जिल्ला अधिकारि श्री रविन्द्र आचार्यले FTTH प्रविधिको सेवा शुभारम्भ गरेका हुन् । प्रमुख जिल्ला अधिकारि श्री रविन्द्र आचार्यले पहिलो पटक एकै तारबाट द्रुत गतिको इन्टरनेट, फोन र टिभी चल्ने सेवा सञ्चालन गरेकोमा खुसी व्यक्त गर्दै धन्यबाद दिनु भएको थियो |

हाल मनाङ जिल्ला अन्तर्गत चामे, कोतो, तलेखु आसपास लगायतको क्षेत्रमा FTTH प्रविधि जडान गरिएको छ |
उक्त कार्यक्रममा प्रादेशिक निर्देशनालयका उप प्रबन्धक नविन मान श्रेस्ठले प्रमुख जिल्ला अधिकारि श्री रविन्द्र आचार्यलाई
FTTH को CPE हस्तान्तरण गर्नु भएको थियो भने प्र. जि. अ. आचार्यले नेपाल टेलिकम वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयका निर्देशकलाई फोन गरी सेवा सुभारम्भ भएकोमा धन्यबाद समेत दिनु भएको थियो |

नेपालको ७७ वटै जिल्लामा FTTH सेवा सञ्चालनमा ल्याउने तयारी गरेको नेपाल टेलिकमले यस अघि ६० जिल्लामा FTTH सेवा सुरु गरिसकेको छ । सो सेवा सुरु गरिएको मनाङ ६१ औं जिल्ला हो |
उक्त कार्यक्रममा नेपाल टेलिकम प्रादेशिक निर्देशनालयका वरिष्ठ ईन्जिनियर रामचन्द्र पोखरेलले सेवाको बारेमा जानकारि दिएका थिए भने कार्यक्रमको सन्चालन पोखरा कार्यलयका सेल्स प्रमुख बलराम अधिकारिले सन्चालन गरेका थिए |

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...