कांग्रेस गण्डकी प्रदेश सदस्यमा अमृत पाण्डेयले उम्मेदवारी दिने

स्याङ्जा ः नेपाली कांग्रेसको जिल्ला अधिवेशनहरु अधिकांश जिल्लामा सम्पन्न भएको छ।सौहार्द र शान्त वातावरणमास्याङ्जाको जिल्ला अधिवेशन सम्पन्न भएपछि अब प्रदेश अधिवेशनतर्फ सबैको नजर सोझीएको छ । यही मंसिर १८ र १९ गते पोखरामा हुने गण्डकी प्रदेश अधिवेशनमास्याङ्जाका अमृत पाण्डेयले गण्डकी प्रदेश सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्।


नेपाल विद्यार्थी संघको विभिन्न तहमा रहेर लामो समय काम गरेका पाण्डेय नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्र्तगत प्रदेश अधिवेशनका लागि प्रदेश प्रतिनिधिमा निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनबाट पाण्डेय स्याङ्जा प्रदेश सभा क्षेत्र नं २(ख) बाट प्रदेश प्रतिनिधी पदमा निर्वाचित भएका हुन्।

 

विगत लामो समयदेखि नेपाल विद्यार्थी संघमा रहि सक्रिय विद्यार्थी नेताको भुमिका निर्वाह गरिरहेका पाण्डेय संघको विभिन्न तहमा काम गरिसकेका छन् । १३ औं महाधिवेशनमा साविक आलमदेवी गाबिसबाट क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका उनी यसपालि कालीगण्डकी २ बाट क्षेत्रीय प्रतिनिधी चुनिएका थिए। लामो समय पत्रकारितामा सक्रिय रहेका उनी मिडिया उद्यमी समेत हुन्।

 

मुलुक संघीयतामा गएसँगै पार्टी पनि संघीयताको अभ्यासमा गइसकेकोले प्रदेश स्तरमा पनि कांग्रेसको बलियो व्यवस्थापनको आवश्यकता रहेको उनको भनाइ छ।‘पार्टी पुरानै अवस्थाबाट अगाडि बढ्न सक्दैन, हाम्रो पुराना अभ्यास, अगाडिका अग्रजको सम्मानको साथै पार्टीमा नयाँ प्रयोगको लागि पनि हाम्रो सक्रियता जरुरी भएकोले मैले उम्मेदवारी घोषणा गरेको हुँ’ उनले भने, ‘मैले पार्टीको लागि कुनै न कुनै तरिकाबाट पुराएको योगदानको मूल्यांकन गर्दै पार्टीमा भूमिका निभाउन थप जिम्मेवारी पाउने छु भन्ने अपेक्षामा छु । स्पष्ट वक्ता, गण्डकी क्षेत्रमा लोकप्रिय र मिलनसार पाण्डेय कांग्रेसको केन्द्रीय राजनीतिमा पनि उत्तिकै प्रभाव जमाउन सक्षम छन्।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...