बाराही मा.वि.६४ औं वार्षिकोत्सव,त्रिदिवसीय कार्यक्रम

पोखरा, मंसिर १६ गते । पोखरा महानगरपालिका वडा नं. ५ स्थित श्री बाराही माध्यमिक विद्यालयले मंसिर १५ देखि १७ गतेसम्म त्रिदिवसीय वार्षिकोत्सव मनाउँदै छ ।

पोखरा महानगरपालिका वडा नं. ५ का अध्यक्ष धन बहादुर नेपालीले वार्षिकोत्सवको समुद्घाटन गर्दै हजारौं विद्यार्थी उत्पादन गरेको बाराही मा.वि.प्रतिष्ठित शैक्षिक संस्थाको उत्तरोत्तर प्रगतिको कामना गरे ।

 

कार्यक्रममा जनप्रतिनिधिहरु उज्वल खत्री, हरिमाया वि.क., अञ्जु के.सी., विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णु प्रसाद बराल, प्रधानाध्यापक शिव प्रसाद भण्डारी, पूर्व विद्यार्थी सुनिल उलक लगायतले विद्यालयको प्रगति, गुणस्तरीय शिक्षाबारे बोल्दै विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।

 

वार्षिकोत्सवका अवसरमा खेलकुदका विभिन्न विधा एवं पढाइमा अग्रस्थान हासिल गर्ने छात्रछात्राहरुलाई पुरस्कार वितरण गरिएको छ । उक्त अवसरमा ससाना छात्रछात्राहरुले उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए ।विव्यस अध्यक्ष विष्णु प्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत विद्यार्थी अञ्जु दाहाल र संचालन सहायक प्र.अ. तुलसी पौडेलले गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...