हेमजा भु.पु.सैनिक बचत तथा ऋण सहकारी सस्ंथाको अध्यक्षमा सापकोटा

हेमजा, मंसिर १७ गते ।हेमजा भु.पु.सैनिक बचत तथा ऋण सहकारी सस्ंथाको छैटौं बार्षिक साधारण सभा तथा तेस्रो अधिबेशन बिहिबार पोखरा २५ हेमजामा सम्पन्न भएको छ । अधिबेशनले सुरेस बहादुर सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा कृष्णबहादुर सापकोटा, सचिबमा सेरबहादुर कार्की, कोषाध्यक्षमा श्यामबहादुर कुवँर र सहसचिबमा पार्बती थापा चयन भएका छन । त्यस्तै अन्य सदस्यहरुमा टेकनाथ दाहाल, सुस्मा बस्नेत थापा, शोभा अधिकारी कुवँर, अजयराज कुवँर, रमेशबहादुर थापा र जीवनबहादुर के.सी सर्वसमत चयन भएको निर्बाचन समितिका सदस्य झङ्कनाथ तिमिल्सिनाले हामीलाई जानकारी दिए । त्यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजक सीताराम थापा सदस्यमा अर्जुन बहादुर थापा र टेक बहादुर कुंवर चयन भएका छन ।

 

पोखरा महानगरपालिका वडा नंं २५ का वडा अध्यक्ष शोभाकर तिम्सिनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका सहकारी महाशाखा प्रमुख अनिल कार्की, लेखा परिक्षेक बिष्णुप्रसाद बराल, बहुउद्देशिय किसान सहकारि संस्थाका अध्यक्ष मोतिराम तिमिल्सिना, अनबरत कृषि सहकारी सस्थांका अध्यक्ष मोतिराज तिमिल्सिना र सदस्य झङ्कनाथ तिमिल्सिनाले आफनो भनाइ राखेका थिए । सचिब सुरेस बहादुर सापकोटाले सचिबको प्रतिबेदन र कोषाध्यक्ष श्यामबहादुर कुवँरले आर्थिक प्रतिबेदन प्रस्तुत गरि सभाले पारित गरेको थियो ।

 

सस्ंथाका अध्यक्ष झबिलाल सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष बलराम पौडेलले र सञ्चालन सचिब सुरेस बहादुर सापकोटाले गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...