सिटि टुर गाइड एसोसिएसनको तेस्रो बार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न अध्यक्षमा गौतम

रमणीय तथा सुन्दर नगरी पोखरा तथा अन्नपूर्ण क्षेत्रमा गाइडको रूपमा कामगरि देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन महत्त्वपूर्ण भुमिका निभाउने ब्यक्तिहरु सम्मीलित संस्था पोखरा सिटि टुर गाइड एसोसिएसनको तेस्रो बार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन आज मंसिर १८ गते लेकसाइड, नारेश्वर स्थित होटल पब्लिक च्वाइसको सभाहलमा सम्पन्न भएको छ।

उदघाटन सत्रको कार्यक्रमका प्रमुख अतिथि पोखरा पर्यटन परिषदका अध्यक्ष गोपि बहादुर भट्टराईले कोभिडको कारण बेरोजगार हुनपुगेका गाइडहरु लाई सरकारले आबस्यक राहत तथा सहुलियतपूर्ण कर्जाको ब्यबस्था गर्नुपर्ने बताउनुभयो। गण्डकी प्रदेशका अर्थमन्त्री सँगको भेटमा आफुले सो बारेमा कुरा उठाएको र सकारात्मक आश्वासन पाएको कुरा सुनाउँदै गाइडहरु लाई आफ्नो सीप र दक्षता अभिबृद्दी गर्न, हरेक सूचना तथा नयाँ परिवर्तनहरुमा अध्याबधिक रहन समेत सुझाव दिनुभयो। पोखरा पर्यटन परिषद आवद्ध संघ संस्थाका अध्यक्षहरुले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो।

अध्यक्ष कृष्ण भारतीको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन सचीव आनन्द गुरुङले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष दिनेश गौतमले राख्नुभएको थियोे। संस्थालाई विभिन्न समयमा सुझाव, सल्लाह र सहयोग पुर्याउने विभिन्न महानुभावहरु लाई सम्मान पत्र द्वारा सम्मानित गरिएको थियो।

आजै सम्पन्न सर्वसम्मत ११ सदस्यीय नेतृत्व निर्वाचित भएको छ। जस अनुसार अध्यक्षमा दिनेश गौतम, प्रथम उपाध्यक्ष निर्मला सुवेदी, द्वितीय उपाध्यक्ष आनन्द गुरुङ , सचिव सरस्वती थापा ” सासा”, कोषाध्यक्ष बुद्धिसागर देवकोटा ” रमित” , सहसचिव खमान सिंह गुरुङ ” रेशम ” सदस्यहरु झपेन्द्र बहादुर भुजेल, तुलसी अधिकारी, पुष्पराज पौडेल र प्रेम प्रसाद सुवेदी रहनुभएको छ भने निवर्तमान अध्यक्ष कृष्ण भारती पदेन कार्यसमिति सदस्य रहनेगरि बिधान बमोजिम निर्णय भएको छ।
आगामी दिनमा संस्थाको दायरा र क्षेत्र फराकिलो हुनेगरि संस्थाको नाम ” गाइड एसोसिएसन अफ पोखरा ” हुनेगरि नाम परिवर्तन हुनेकुरा नवनिर्वाचित अध्यक्ष दिनेश गौतमले बताउनुभयो।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...