सुर्य तारा क्लबले फुटसल प्रतियोगिता आयोजना गर्ने

पोखरा, मंसिर २३ गते । सुर्य तारा क्लब (पोखरा)पोखरा २७ गण्डकी प्रदेश नेपालको आयोजनामा “फाइएभ ए साइड भेट्रान्स फुटसल प्रतियोगिता २०७८” आयोजना हुने भएको छ । पुस पहिलो साता पोखरामा प्रतियोगिता गर्न लागेको क्लबका अध्यक्ष विष्णु पुनले जानकारी दिए । प्रतियोगिता पुस ३ र ४ गते लेखनाथमा सञ्चालन हुने भएको छ ।

प्रतियोगिता ३० वर्षमाथिको उमेर समुहकाले सहभागीता जनाउन पाउने अध्यक्ष पुनले बताए । समृद्ध समाज, हाम्रो परिकल्पना भन्ने नारा सहित आयोजना हुने प्रतियोगितामा सहभागिताका लागि पुस १ गतेसम्म टिम दर्ता गर्नुपर्ने र दर्ता शुल्क तीन हजार रुपैयाँ राखिएको छ । प्रतियोगितामा विजेताले ३३ हजार ३ सय ३३ रुपैयाँ, उपविजेताले २२ हजार २ सय २२ सहिट टफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई नगद २ हजार र अनुशासित टिमलाई ३ हजार रुपैयाँ प्रदान गरिने अध्यक्ष पुनले जानकारी दिए

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...