दोहोरीगीत प्रतिष्ठान नेपालको साधारण सभाको तयारी तिव्र

पोखरा,मंसिर २४ गते ।राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको ऐतिहासिक २१ औं वार्षिक साधारण सभा २०७८ को तयारी तिव्र पारिएको छ । साधारण सभा पौष २ र ३ गते प्रतिष्ठानको स्थापना स्थल नवलपुर जिल्लाको अरुणखोला स्थित जनता माध्यमिक विद्यालयको प्रांगणमा हँुदैछ ।

साधारण सभामा विभिन्न व्यक्तिलाई सम्मान गरिने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बि.जी.ले जानकारी दिनुभयो । उहाँका अनुसार अग्रज लोकसंगीत श्रष्टा राष्ट्रिय सम्मानबाट सुदुर पश्चिमका देउडा गायक अग्रज श्रष्टा नरेन्द्रराज रेग्मीलाई सम्मानित गरिनेछ ।

 

यसैगरी सामाजिक सेवा रत्न राष्ट्रिय सम्मानबाट इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँणेल, लोक पत्रकारिता सम्मानबाट पोखराका पत्रकार राजाराम पौडेल, राष्ट्रिय श्रष्टा सम्मानबाट प्रेमराजा महत तथा राम प्रसाद खनाललाई सम्मान गरिने अध्यक्ष बि.जी.ले जानकारी दिनुभयो ।

 

लोकसंस्कृति विद्यावारिधि सम्मान तुलसी प्रभासलाई गरिनेछ । संस्थापक सम्मानबाट संस्थापक समिति, संस्थापक सल्लाहकारलाई सम्मान गर्ने प्रतिष्ठानको तयारी छ । सोही कार्यक्रममा अरुणखोला मेघराज पाण्डे विद्याालय व्यवस्थापन समिति अध्यक्ष लक्ष्मण थापा समेत सम्मानित हुनुहुनेछ । साथमा अन्य विभिन्न संस्थागत सम्मानहरु वितरण गर्ने प्रतिष्ठानको तयारी रहेको छ ।

 

साधारण सभाको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली (पोखरेल) ले पौष २ गते गर्नुहुनेछ । साधारण सभामा प्रतिष्ठानका सबै शाखाबाट कलाकारको सहभागीता रहनेछ । साधारण सभाबाट केही महत्वपूर्ण निर्णय गर्ने प्रतिष्ठानको तयारी रहेको बताइएको छ । प्रतिष्ठानको स्थापना चर्चित गायक, सर्जक अम्बर बिरही गुरुङको अध्यक्षतामा भएको थियो ।

((

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...