अङ्ग्रेजी नयाँ बर्षको स्वागतमा पोखरामा पुस १५ देखि १७  गतेसम्म सडक महोत्सव

पोखरा, मंसिर २५ गते ।अग्रेँजी नयाँ वर्षको अवसरमा पोखराको फेवाताल किनारमा १३ औँ सडक महोत्सव आयोजना हुने भएको छ । रेवान पोखराले पुस १५ देखि १७ गतेसम्म महोत्सवको तयारी भैरहेको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

‘समृद्ध समाजको लागी सुरक्षित पर्यटन प्रवद्र्धन आजको मुल आवश्यकता’ भन्ने मुल नाराका साथ अङ्ग्रेजी नयाँ बर्षको स्वागतार्थ महोत्सव गर्न लागिएको रेवान पोखराले जनाएको छ । पोखरा खल्ुलैछ भन्ने सकरात्मक सचुना प्रवाह गरि पर्यटन प्रवद्र्धन साथसाथै पोखरालाई “अङ्ग्रेजी नयाँ बर्षको गन्तव्य स्थल” को रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको छ । ‘सडकमै खाउ, सडकमै रमाउ’ भन्ने उद्देश्यका साथ विभिन्न साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रर्दशन गरि यस कार्यक्रमको शोभा बढाउन आयोजक समितिले विभिन्न किसिमका आकर्षणहरुको व्यवस्था गरेको जनाएको छ ।

 

राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खानाको प्रदर्शन, दोहोरी प्रतियोगिता, झाँकि प्रदर्शन, रात्रिकालिन कन्सर्ट, डुङ्गा दौड, ह्वीलचियर दौड, वेटर रेस, टग अफ वार जस्ता प्रतियोगिता समावेश गरिएको छ । पोखरा सडक महोत्सव सम्पन्न गर्न सस्ंथाका प्रथम उपाध्यक्ष नरेश भट्टराईको सयंोजकत्व, सचिव भिष्म राज पौडल र सह कोषाध्यक्ष रोशन जंग कार्की,सह–सयंोजक रहने गरि विभिन्न उपसमितिहरु गठन भएको छ । यस बर्षको सडक महोत्सव पछि नेपालमा विदेशी पर्यटकको आगमन बढ्नेछ भन्ने सबै व्यवसायिहरु आशावादी बनेका छन् ।

पोखरामा वर्षेनी आयोजना हुँदै आएको पोखरा सडक महोत्सबले छुट्टै गर्विलो इतिहास बोकेको छ । दुई दशक भन्दा बढि समयदेखि पोखराको पर्यटन प्रवद्र्धन र बिकासमा टेवा पु¥याउदै आएको आयोजकको दावी छ ।पोखरा सडक महोत्सवलाई रेवान पोखराले देशको विभिन्न राजनैतिक अस्थिरता, २०७२ सालको महाभूकम्प, चरम नाकाबन्दी जस्ता समस्याका बावजुद निरन्तर दिंदै आएको छ । र, यतिबेला २३ औं सस्ंकरणको तयारीमा जटुेका छौं महोत्सव संयोजक नरेश भटराईले भन्नुभयो,‘ विगतका वर्षहरुमा जस्तै विभिन्न जनसमदुाय, पर्यटन व्यवसायी, सरोकारवालाहरुको निरन्तर सहयोगले २३ औं पोखरा सडक महोत्सब पनि सफल हुने हामीले विश्वास लिएका छौं ।’

 

सडक महोत्सव कोरानामा संक्रमणका बाबजुतमा समेत गत बर्ष महोत्सव आयोजना भएको थियो । गत बर्ष २२ औं पोखरा सडक महोत्सव आयोजना गर्ने कि नगर्ने भन्ने दोधारमा रहदा पनि कोभिड सक्रंमणको मध्यनजर गर्दै नौ महिना सम्म थलिएको पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ ३ दिन सम्म सभ्य र सुरक्षित रुपमा सम्पन्न ग¥यौं उहाँले भन्नुुभयो,‘यसपटक कोरोना संक्रमण गत बर्ष भन्दा कम भएको, पर्यटकको चहल पहल बढेको तथा कोरोना बिरुद्धको वृहत खोप कार्यक्रम पनि सम्पन्न भइसकेको छ । अहिले सिङ्गो पर्यटन व्यवसाय आसावादी बन्दै आएता पनि फेरि अफ्रिकी मलुकमा देखिएको नयाँ कोरोना भेरिएन्टले विश्व जगतमानै त्रास पैmलिएको छ ।’ ढलेको

 

उहाँले अर्थ तर्थन्त्रले बिस्तारै गति लिदै गर्दा फेरि नयाँ भेरिएन्ट्ले विश्व नै ठप्प पार्ने हो कि भन्ने प्रश्न सम्पुर्ण जनमानसमा चासोको विषय बनिरहँदा रेवान पोखरा तथा विभिन्न सरोकारवाला निकाय, पर्यटन व्यवसायीहरु यस बर्ष पनि गत बर्ष जस्तै पोखरा सड्क महोत्सव आयोजना गर्ने निष्कर्षमा पुगेका छ उहाँले भन्नुभयो, यसपटकको महोत्सवमा पनि अघिल्लो पटकको जस्तै स्वास्थ्य मपदण्डलाई विशेष ध्यानमा राखिने बताइएको छ । ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...