माओत्से गुरुङ अभिनित म्युजिक भिडियो ‘दोधारे’ सार्वजनिक

पोखरा ।कलाकार माओत्से गुरुङ अभिनित म्युजिक भिडियो ‘दोधारे’ सार्वजनिक भएको छ । शनिबार पोखरामा एक कार्यक्रमका बीच म्युजिक भिडियो सार्वजनिक भएको हो । म्युजिक भिडियोमा गुरुङ एक होमस्टे व्यवसायीका रुपमा प्रस्तुत भएका छन् । उनले घुम्न आउने पर्यटकलाई गाउँ समेत घुमाइरहेको दृश्य म्युजिक भिडियोमा देख्न पाइन्छ ।

‘दोधारे’ माया प्रेम गास्नेहरुको कथा हो । त्यस्ता प्रेमी जो आफ्नो प्रेम एक अर्कालाई अभिव्यक्त गर्न डराउँछन् । पछि विभिन्न सामाजिक समस्याका कारण छुटिनुपर्ने बाध्यता आइपर्छ । सोहि कथावस्तुमा म्युजिक भिडियोलाई छायाँकन गरिएको छ । गीतको शब्द लयले मन छोएपछि र म्युजिक भिडियोको कथा मन परेपछि आफु अभिनयका लागि तयार भएको माओत्से गुरुङले बताए ।

 

उनले आफ्नो अभिनयको सुरुवाती चरणका मित्र ओम प्रकाश गुरुङले निर्देशन गरेको म्युजिक भिडियो भएकाले पनि अभिनय गर्न तयार भएको उल्लेख गरे । माओत्सेको अभिनय यात्रामा ओमप्रकाशको भूमिका महत्वपूर्ण छ । ओम प्रकाश गुरुङ ब्रोसिस ब्याण्डमा समेत आबद्ध थिए । किर्बोडिस हुँदै निर्देशनमा समेत हाम फालेका गुरुङले करिब २० वर्ष पछि म्युजिक भिडियो निर्देशन गरे । अब निरन्तर संगीतमा नै लाग्ने प्रतिबद्धता लामाको छ ।

गीतका गायक तथा संगीतकार निरोज लामा काठमाडौं बस्छन् । तर पोखरेली टोलीसँग सांगीतिक काम गर्न पाउँदा उनी खुशी छन् । रामहरि खड्काले नै शब्द कोरेको गीतलाई उनले लय भरे । संगीत संयोजन समेत लामा कै हो । लोक फ्युजन शैलीमा गीतलाई लय भरिएको लामा बताउँछन् ।

म्युजिक भिडियोका मुख्य पात्र रामहरि खड्काले आफु काठमाडौंमा बस्दै आएता पनि म्युजिक भिडियो निर्देशन देखि छायाँकनको सबै काम पोखरामा गरिएको उल्लेख गरे । उनले भने, ‘पोखरासँग मेरो भावनात्मक सम्बन्ध छ । धेरै साथीहरु म चिन्छु । सांगीतिक क्षेत्रमा लागेका सबैसँग काम समेत गरिएको छ । त्यसैले म्युजिक भिडियो छायाँकनका लागि पोखरा रोजे ।’

मोडल असिमा बस्नेतले आफ्नो लागि ‘दोधारे’ पहिलो म्युजिक भिडियो भएको उल्लेख गरिन् । आगामी समयमा पनि सबैको साथ सहयोगले अगाडि बढ्ने प्रण उनले लिएकी छिन् । म्युजिक भिडियोमा बिबेक गुरुङ, कृष्टी गुरुङ र सुर्य सुनवारको अभिनय रहेको छ । म्युजिक भिडियोलाई प्रकाश गुरुङ काशले खिचेका हुन् । मुनाल फिल्मस् प्रालीको पोष्ट प्रोड्क्सनमा निर्माण भएको म्युजिक भिडियो रोनीज एण्ड ड्याड युट्युब मार्फत सार्वजनिक गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...