नौबिसे दुग्ध सहकारीको अध्यक्षमा अधिकारी

लेखनाथ,, मंसिर २६ गते । पोखरा महानगरपालिका वडा नं. २९ र ३० मा रहेको नौबिसे दुग्ध उत्पादन सहकारी संस्था लिमिटेडको १५औं बार्षिक साधारण सभा ताथ सात औं अधिवेशनले आगामि कार्यकालको लागि सरज्यू अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

संस्थाको उपाध्यक्षमा किरणराज भण्डारी तथा सन्जयबाबु भट्टराई, दुर्गा देवी अधिकारी र पूष्पराज चापागाई क्रमश सचिव, सह—सचिव तथा कोषाध्यक्षमा निर्वाचित भएका छन् ।उक्त अधिवेशनले संस्थाको सदस्यहरुमा वलराम अधिकारी, भवानीप्रसाद ढकाल, शान्ता पौडेल, पार्वती सिग्देल, माया भारती तथा दिपेन्द्र सापकोटा निर्वाचित भएका छन् ।

 

सात औं अधिवेशनले बिभिन्न समिति समेत गठन गरेको छ । लेखा समितिको संयोजकमा शक्ति वल्लभ ढकाल रहेका छन् भने सदस्यहरुमा चन्द्रकान्त देवकोटा र अजुर्न आर्चाय चयन भएका छन् ।त्यस्तै दुग्ध संकलन उपसमितिको संयोजकमा भवानी ढकाल रहेका छन् भने सदस्यहरुमा विक्रम वसौला र शान्ती सुबेदी चयन भएका छन् ।

 

ऋण समितिको संयोजकमा वलराम अधिकारी रहेका छन् भने शिक्षा समितिको संयोजकमा शान्ता पौडेल र सदस्यहरुमा क्रमश श्याम अधिकारी र राजन राई चयन भएको निर्वाचन संयोजक राजेश्वर शर्माले जानकारी दिएका छन् ।

 

विभिन्न विधामा कृषकलाई पुरस्कार वितरण गरिएको अधिवेशनको प्रमुख अतिथि वडा नं. २९ का वडा अध्यक्ष चेतबहादुर गुरुङ्ग रहनु भएको थियो । संस्थाका अध्यक्ष बाबुराम ढकालको सभापतित्व सम्पन्न कार्यक्रमको संचालन संस्थाका सचिव सन्जयबाबु भट्टराईले गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...