मौजामा आयोजित निशुल्क स्वास्थ्य शिविरमा ४ सय ६६ को स्वास्थ्य परीक्षण

पोखरा, मंसिर २७ गते ।पोखरा महानगरपालिका वडा नम्बर २० मौजामा आयोजित बृहत निशुल्क स्वास्थ्य शिविरमा ४ सय ६६ जनाले स्वास्थ्य परीक्षण गराएका छन ।

पोखरा महानगरपालिका वडा नम्वर २० र विपन्न समुदाय र जैविक विविधता सहयोथी संस्था (नेलम्बो) नेपाल पोखरा ४ गैह्रापाटनको संयुक्त आयोजनामा सम्पन्न बृहत निशुल्क स्वास्थ्य शिविरमा ४ सय ६६ जनाले स्वास्थ्य परीक्षण गराएको पोखरा २० का वडाअध्यक्ष सिम बहादुर गुरुङले जानकारी दिए । पोखरा महानगरपालिकाको साविकको भलाम र मौजा गाविसका स्थानियलाई लक्षित गरी उक्त शिविरको आयोजना गरिएको र आफुहरुको लक्ष्य अनुसार स्वास्थ्य शिविर सम्पन्न भएको समेत अध्यक्ष गुरुङले वताए । आगामी दिनमा पनि नेलम्बो नेपाल संग मिलेर स्वास्थ्य शिविर संगै वडा भित्र विपन्न समुदायर जैविक विविधताको क्षेत्रमा समेत काम गर्न आफुहरु तयार रहेको उनको भनाइ रहेको थियो ।

 

शिविरमा आफुहरुले सोचेको जस्तो स्थानियको उल्लेख्य सहभागीता पाउदा आफुहरु निकै खुसी भएको नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले वताए । शिविरमात्र नभइ आगामी दिनमा विपन्न समुदाय र जैविक विविधताको क्षेत्रमा समेत वडा संग समन्वय गरेर अगाडि वढ्ने उनको भनाइ रहेको थियो । शिविर संगै उक्त अवसरमा कोभिडको नया भेरिएन्ट ओमिक्रोनको जोखिमलाई मध्येनजर गरी मौजा स्वास्थ्य चौकीलाई एक थान अक्सिजन कन्सन्ट्रेटर समेत प्रदान गरिएको उनले वताए । उक्त शिविरमा सहभागी भएका मध्ये १४ जना जटिल प्रकारका समस्या देखिएकाहरुलाई थप उपचारको लागि पोखराका विभिन्न अस्पतालहरुमा ब्यवस्था मिलाइएको समेत उनले जानकारी दिए ।

 

दुई दिन सम्म आयोजना भएको स्वास्थ्य शिविरमा ४ सय ६६ जनाले नाम दर्ता गराएको र उनीहरु मध्ये ९ सय ७० वटा स्वास्थ्य सम्बन्धी सेवा लिएका छन । शिविरमा २ सय ९६ जनाले सामान्य चेकजांच गराएका थिएभने २ सय जनाले हाडजोर्नी सम्वन्धी उपचार गराएका छन । शिविरमा १ सय ३३ जनाले दन्त परीक्षण, नाक, कान, घांटी सम्वन्धी ७५, महिला सम्बन्धी ५७, ५३ जनाले छालाको परीक्षण, ४७ जनाले भिडियो एक्सरे, ५३ जनाले छालाको परीक्षण, ३४ जनाले मुटुको इसिजी र ६८ जनाले रगत र पिसावको परीक्षण र ७ जनाले युरोलोजी सम्वन्धी परीक्षण गराएको नेलम्बो नेपालका जनसम्पर्क अधिकृत भीम प्रसाद भण्डारीले जानकारी दिए ।

 

शिविरमा वरिष्ठ जनरल सर्जन तथा युरोलोजिष्ट डाक्टर अनुप चापागाई, डाक्टर अनिश भुषाल, डाक्टर बुनु गौडेल,डाक्टर प्रकाश कार्की, डाक्टर सिजन मरासिनि र डाक्टर अंकुर केसि लगायतले विरामिको परिक्षण गरेका थिएभने टेक्निकल अफिसर रवि गुरुङ, स्वास्थ्य अधिकृत निर्मला देवकोटा, अनुसन्धान अधिकृत समिका बस्नेत, डेण्टल हाईजेनिष्ट स्नेहा खड्का, सुस्मि बुढा, फार्मेसिष्ट सुशील त्रिपाठी, शैलेस बाबू वराल, नर्स अस्मिता थापा र ल्याव टेक्निसियन सपना तिमिल्सिना, मौजा तथा भलाम स्वास्थ्यचौकिका स्वास्थ्यकर्मी हरुले सहजिकरण गरेका थिए ।ई बधाई छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...