ओमिक्रोन भेरियन्ट विश्वका धेरैजसो देशमा पुगिसक्यो : डब्ल्यूएचओ

जेनेभा, मङ्सिर २९ गते । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नयाँ कोभिड भेरियन्ट ओमिक्रोन सम्भवतः विश्वका धेरैजसो देशमा पुगिसकेको हुनसक्ने अनुमान गरेको छ । हाल विश्वका ७७ देशमा यो भेरियन्ट फैलिएको पुष्टि भएको छ । यो निकै उत्परिवर्तित भेरियन्ट भएकोले तीव्रगतिमा फैलिरहेको र अन्य धेरै देशमा पनि हुनसक्ने डब्ल्यूएचओ प्रमुखले बताउनुभएको छ ।

डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेब्रेयससले ओमिक्रोनलाई कम आँकिएकोमा आफू चिन्तित बनेको बताउनुभएको छ । ओमिक्रोनको फैलावट यसअघिका कुनै भेरियन्टमा नदेखिएको दरमा भइरहेको डब्ल्यूएचओ प्रमुखले पत्रकारहरुलाई बताउनुभएको छ । ओमिक्रोनले कम गम्भीर रोग निम्त्याउने भए पनि यसका खास सङ्ख्या कमजोर स्वास्थ्य प्रणालीका लागि पुनः चाप बन्न सक्ने बताउनुभएको छ ।

 

यस भेरियन्टसँग जुझ्न कैयौँ देशले बूस्टर मात्रा सुरु गर्ने बताएका अवस्थामा मङ्गलबारको पत्रकार सम्मेलनमा डा. टेड्रोसले खोप असमानताबारे आफ्नाे चासो दोहोर्याउनुभएको छ । उहाँले बूस्टर डोजहरुले कोभिड फैलिन रोक्नका लागि महत्वपूर्ण भूमिका खेल्ने भए पनि केलाई प्राथमिकता दिने भन्ने प्रश्न रहेको बताउनुभएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...