पोखरामा चलचित्र महोत्सवको तयारी, २० देशका ९४ फिल्म प्रर्दशन हुने

पोखरा, पुस २ गते । पर्यटकीय सहर पोखरामा चलचित्र महोत्सव आयोजना हुने भएको छ । नेपाल संस्कृति केन्द्रको आयोजनामा पुस १२ देखि १६ गतेसम्म महोत्सव आयोजना हुने भएको हो । महोत्सवमा विश्वका २० देशका लामा, छोटा र बृत्तचित्र गरी ९४ वटा दृश्यचित्रको प्रर्दशन गरिने आयोजक नेपाल संस्कृति संघका अध्यक्ष एवं महोत्सव संयोजक प्रविण कार्कीेले जानकारी दिनुभयो ।

महोत्सव पोखराको फेवाताल किनार,पोखराका चलचित्र हलहरुमा प्रर्दशन, विभिन्न होटलहरुमा कार्यशाला र प्रस्तुतीहरु रहने उहाँले बताउनुभयो । काठमाडौ बाहिर प्रमुख पर्यटकीय सहर पोखरामा विगत चार वर्षदेखि महोत्सव हुदै आएको भएपनि यस पटक पामे चलचित्र महोत्सव नाम दिएर सञ्चालन गर्न लागिएको कार्कीले बताउनुभयो ।

 

यो नेपाली पर्यटन उद्योगका लागि महत्वपूर्ण उत्सवको रुपमा रहने दावी आयोजकको छ । महोत्सवमा साहित्कारहरुका प्रस्तुती, विभिन्न साँस्कृतिक प्रस्तुती, थारुनाच,र्याम्प वार्क, भेषभुषा सो, गुरुंग नाँच, खत्रिहरुको खुकुरी नाँच लगायतका नेपाली आकर्षण मौलिक प्रस्तुती रहने छन् । नेपाली चलचित्रको स्वदे तथा विदेशमा प्रर्वद्धन, नेपाली कला, साहित्य, संगीतलाई विश्वभर प्रर्वद्धन र संसारभर एक आपसमा सद्भाव र कलाको आदान प्रदान गर्ने उद्देश्य कार्यक्रमको रहेको आयोजक सदिक्षा केसीले बताइन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...