एघारौ पोखरा महोत्सवको मुख्य प्रायोजक रवि एण्ड सन्नी इन्डष्ट्रीज

पोखरा,पुस २ गते ।एघारौ पोखरा महोत्सवको मुख्य प्रायोजक रवि एण्ड सन्नी ईन्डष्ट्रीज प्रालि रहने भएको छ । युनाईटेड क्लव पोखराको आयोजनामा पुष २८ देखी माघ ९ गते सम्म पोखराको अमरसिंह चौरमा हुने एघारौं संस्करणको पोखरा महोत्सवमा पोखरा नयाबजारमा कर्पोरेट अफिस रहेको रवि एण्ड सन्नी इन्डष्ट्रिज प्रा.लि.ले मुख्य प्रायोजकमा रही महोत्सवलाई साथ दिने भएको हो । युनाईटेड क्लवका अध्यक्ष राजु श्रेष्ठ र रवि एण्ड सन्नी इन्डष्ट्रीज प्रा.लि.का अपरेटिङ अफिसर सन्नी रौनियार बिच मुख्य प्रायोजकको सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै रवि एण्ड सन्नी इन्डष्ट्रीज प्रा. लि. का अपरेटिङ अफिसर सन्नी रौनियारले सामाजिक क्षेत्रमा अग्रणी स्थानमा रहेको युनाईटेड क्लव संग सहकार्य गर्न पाउदा निकै खुसी लागेको वताए । पोखरा नयाबजारमा रहेको कर्पोरेट अफिसबाट रवि एण्ड सन्नी इन्डष्ट्रीज प्रा.लि.ले उत्पादन गर्ने बेटर ब्राण्डको इलेक्ट्रिक सामानहरु हिटर, ओभन, पंखा, राइसकुकर, गिजर इलेक्ट्रोनिक र किचन सामाग्रीहरु बिक्री गर्दै आइरहेको र महोत्सव संगको सहकार्यले आफ्नो ब्यापार संगै सामाजिक काममा समेत सहकार्य गर्न पाउदा निकै खुसी लागेको वताए । आगामी दिनमा पनि युनाईटेड क्लव संग सहकार्य गरेर आफुहरु अगाडी वढ्ने समेत रौनियारले वताए ।

 

युनाईटेड क्लवका अध्यक्ष राजु श्रेष्ठले एघारौ संस्करणको पोखरा महोत्सवमा रवि एण्ड सन्नी इन्डष्ट्रीज प्रा. लि. संग सहकार्य गर्न पाउदा निकै खुसी लागेको वताउदै महोत्सवको माध्यामबाट प्रा.लि. बाट उत्पादित सामाग्रीहरुको प्रवद्र्धन गर्न आफुहरुले कुनै कसर बांकी नराख्ने समेत वताए । महोत्सवबाटै सामाजिक काममा आफुहरु लागी परेको वताउदै सामाजिक काममा रवि एण्ड सन्नी इन्डष्ट्रीज प्रा. लि.को पनि साथ रहदा आफुहरु निकै उत्साहित भएको उनको भनाइ रहेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...