पोखरामा पाँचौ राष्ट्रिय तथा तेश्रो इन्डो नेपाल केन्पोकाई च्याम्पियनसिप हुने

पोखरा । नेपाल केन्पोकाई मार्शल आर्टको आयोजनामा पाँचौ राष्ट्रिय तथा तेश्रो इन्डो नेपाल केन्पोकाई च्याम्पियनसिप पोखरामा हुने भएको छ ।

जापानिज सामुराइ मार्शल आर्टको रुपमा परिचित उक्त प्रतियोगितामा यहि पुष १२ र १३ गते पोखरा रंगशालास्थित कभर्डहलमा आयोजना हुन लागेको हो । प्रतियोगितामा नेपाली १८० र भारतिय ७० गरी कुल २५० खेलाडीको सहभागिता हुने संघका अध्यक्ष प्रगत कायस्थले जानकारी दिएका छन् । विश्व महामारीका रुपमा फैलिएको कोभिड १९ पछि पोखरामा आयोजना हुने उक्त प्रतियोगिता मार्शल आर्ट खेलको वृहत् प्रतियोगिता समेत रहेको अध्यक्ष कायस्थले बताएका छन् ।

हरेका वर्ष आयोजना हुने उक्त प्रतियोगिता कोभिड १९ का कारण गत वर्ष स्थागित भएको थियो । प्रतियोगितामा विभिन्न उमेर समुहका गरी विभिन्न १३ वटा तौल समुहमा प्रतिष्पर्धा गराइने भएको केन्पोकाईका मुख्य प्रशिक्षक हरि खड्काले जनाएका छन् । जुनियरतर्फ २० वर्ष मुनी र ६५ केजी तौल समुह भन्दा माथीका खेलाडीहरुले विभिन्न तौल समुहमा काता र डेमोष्ट्रेसनमा प्रतिष्पर्धा गर्नेछन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...