त्रिवेणी संगीतालयले अरुण सुनार जिताऔं अभियान थाल्ने

पोखरा । ग्यालेक्सी फोके टेलिभिजनद्धारा आयोजित वाल प्रतिभाको खोजी अभियानको रियालिटी शो सारेगमप लिल च्याम्प्समा उत्कृष्ठ सातमा पर्न सफल अरुण सुनारलाई विजयी गराउन अभियान थाल्ने वताएको छ ।

विहिवार संगीतालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा संगीतालयका प्रवन्धक तथा प्रशिक्षक नवराज वरालले त्रिवेणी संगीतालयका प्रशिक्षार्थी अरुण सुनार गण्डकी प्रदेश कै एकमात्र प्रतिष्प्रधि वाल कलाकार भएकाले आफ्नो संस्थाले उनलाई जिताउन अभियान थाल्ने वताएका हुन।

 

सुनारकी आफन्त पुजा वि.क.ले पर्वत जिल्लामा जन्मेर पोखराबाट संगीतको भविष्य खोजिरहेका अरुण सुनार निर्णायक जुरी निर्णायक तथा दर्शक श्रोताहरुको मन जित्दै उत्कृष्ट टप सातमा परिसकेका अरुणलाई प्रथम वनाउन पारिवारिक सपोर्ट पनि रहेको वताइन्।

 

कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्ण प्रसाद वास्तोलाले त्रिवेणी संगीतालयमा प्रशिक्षण लिएका विद्यार्थीहरु देश भित्र तथा विदेशका विभिन्न मञ्चहरुमा आफ्नो प्रतिभा देखाई रहेका वताउँदै अरुण सुनारलाई जिताउँन अभियान थालेकोमा संगीतालयलाई शुभकामना व्यक्त गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...