रानीवन बचत सहकारीको अध्यक्षमा सुबेदी

पोखरा, १० पुष/ रानीवन बचत तथा ऋण सहकारी संस्था पोखराको अध्यक्षमा प्रेमप्रसाद सुबेदी चयन भएका छन् । सहकारीको ८ औ वार्षिक साधारण सभा तथा चौथो अधिबेशनले सुबेदीलाई अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्ष अच्युत पौडेल, सचिबमा प्रकाशकुमार श्रेष्ठ, कोषाध्यक्षमा रेशम अधिकारी चयन भएका छन् । त्यसै गरी सदस्यहरुमा शरद काफ्ले, कमला श्रेष्ठ, उपेन्द्र अधिकारी चयन भए ।

त्यसै गरी लेखा समितिको संयोजनकमा राजु सुबेदी, सदस्यमा रामविश्वास शाह र रवि प्रसाद आचार्य चयन भएका छन् । पद अनुसार आवश्यक संख्यामा मात्रै उमेद्वारी परेपछि सर्वसहमतीमै नेत्तृव चयन भएको निर्वाचन संयोजक किसान सुनार बताए ।

अधिबेशनको गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्र बहादुर बुढाले सहकारी ऐनमा भएका कमिकम्जोरीलाई सुधार गर्दै लैजाने बताए । उनले सहकारी कम्पनी अनुसार चलाउन सकने गरी ऐन सम्सोधनको तयारीमो रहेको बताए ।

सहकारी कम्पनी ऐन अनुसार चलेमा सहकारीले पनि ठुलो योजनाहरु संचालन गर्ने पाउने उनको भनाई थियो । उनले बचत तथा ऋण सहकारीले पनि उत्पादन मुलक क्षेत्रमा लागनीमा बढि जोड्दिनु पर्ने बताए ।

कार्यक्रममा गण्डकी चेम्बर अफ कमर्सका अध्यक्ष किसान सुनार, पोखरा चेम्बर अफ कमसका अध्यक्ष यामनाथ पौडेल, सहकारीका सल्लाहकार दिल्लिप्रसाद गौतम, रामचन्द्र पौडेल, सन्तोष पोखरेल, नेस्कुनका दिप्ती, सहकारी म्यानेजर क्लबका उपाध्यक्ष हरीप्रसाद पन्थी लगाएतले नयाँ कार्यसमितिलाई सफलताको सुभकामना दिदै सहकारीले गरेको कामको प्रशंसा गरे ।

उनीहरुले सहकारी ऐनले विभिन्न शिर्षकमा कोष राख्नु पर्ने बाध्यत्मक नियम हटाउन माग गरे । एउटै प्रकृतिका दुई तिन वटा शिर्षकमा कोष राख्दा लगानी कर्तालाई नोक्सानी भइरहेको उनीहरुको भनाई थियो । सहकारी शेयर पूँजी ४ करोड २४ लाख, निक्षेप ९ करोड ३७ लाख, ऋण लगानी १९ करोड ५१ लाख रहेको छ । अधिबेशनले अध्यक्ष प्रेमप्रसाद सुबेदी, सचिब सुबास अधिकारी र कोषाध्यक्ष प्रकाशकुमार श्रेष्ठले प्रस्तुत गरेका प्रर्तिबेदन पारित गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...