प्रदेश छनौंट क्रिकेटमा नवलपुर ९ विकेटले विजयी

पोखरा, पुस ११ गते ।पोखरा रंगशालामा जारी गण्डकी प्रदेश पुरुष छनौंट क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा नवलपुरले तनहुँमाथि ९ विकेटको जित निकालेको छ । मात्रै ६४ रनको झिनो लक्ष्य पाएको नवलपुरले ९.२ ओभरमा १ विकेट गुमाएर लक्ष्य प्राप्त गरेको हो । नवलपुरको जितमा गोविन्द विकले ५ चौका प्रहार गर्दै अभिजित ३० रन बनाए । त्यस्तै रविन तिमिल्सीनाले २९ रनको पारी खेले ।

खेलमा टस जितेर पहिला व्याटिङ गरेको तनहुँले २२.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर ६३ रन बनाएको थियो । तनहुँका व्याट्स्म्यानहरु प्रशान्त सिंहले २० तथा समिर कँडेलले १६ रन जोडे । नवलपुरका बलहरु विशाल पौडेलले ३ विकेट लिँदा निश्चल भुषाल, रिजन काफ्ले र कमल परियारले समान २–२ विकेट बाँडे ।

 

तनहुँको तर्फबाट प्रदिप अर्यालले १ विकेट लिएका थिए । खेलमा नवलपुरका बलर विशाल पौडेल म्यान अफ द म्याच भए । उनलाई कास्की जिल्ला क्रिकेट संघका कोषाध्यक्ष चन्द्रकुमार गुरुङ्ग‘जिम्मी’ले ट्रफि प्रदान गरे । प्रतियोगिता अन्तर्गत सोमबार कास्की र स्याङ्जाविच प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...