“कर्कले मामाको चौतारी” को छायांकन सकियो

पोखराको घार्मी वरपरका रमणीय दृश्यलाई आफ्नो सिरियलमा समेट्दै छायांकन भैरहेको सिरियल “कर्कले मामाको चौतारी” को पहिलो सिजनको सम्पुर्ण छायांकन ५१ औं दिनमा सकिएको छ। लेखक, निर्देशक बासुदेव पोखरेलको एउटा महत्वाकांक्षी सिरियल “कर्कले मामाको चौतारी”, श्याम शुक्ला फिल्म प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको हो।

नेपाली सिने क्षेत्रमा करीब ८ बर्ष पछि आउन लागेका बासुदेब पोखरेल सिरियल का मुख्री कलाकार समेत हुन। सिरियललाई निर्माताद्वय घनश्याम लामिछाने र मणिरत्न शर्मा निर्माण गरेका हुन् । यथार्थ परक चलचित्र निर्देशकका रुपमा स्थापित घनश्याम लामिछानेले निर्माताका रूपमा यहि सिरियल बाट हात हालेका छन।

 

सिरियलमा स्थानीय कलाकार देखि रास्ट्रीय कलाकारहरुको अभिनय देख्न पाइन्छ। सुशील पोखरेल, प्रज्ञा जोशी, बासुदेव पोखरेल, तुलसी छेत्री, कपिल शर्मा, प्रज्वल भितृकोटी, राज थापा, अबिराज बि सि , ममता अधिकारी, सरु शर्मा “दिया”, दिपेश लामिछाने, श्याम सुन्दर कार्की, कुमार गुरुङ, प्रान्जल,  शिव बराल, राजकुमार गुरुङ, बाल कलाकार अक्षित अधिकारी, महिमा लामिछने लगायतका नयाँ र पुराना कलाकारहरूको अभिनय रहेको सिरियल लाई सिद्वार्थ गौतमले खिचेका छन।

 

जय गुरुङ र आशिष गुरुङले श्रीङार गरेको सिरियलको एउटा गितमा नेत्र गुरुङको भिडियो निर्देशन रहेको छ भने नृत्य रोहन नेपालीले गरेका छन। सिरियलको शिर्ष गितको सङित किशोर सुवेदी को छ भने अर्को गित अराज केशबको शब्द संगीत र दिलिप श्रेष्ठको स्वर रहेको छ। यहि फागुनदेखि प्रशारणमा ल्याउने तयारीमा रहेको निर्माता मणिरत्न शर्माले जानकारी दिनुभयो । धन बहादुर कार्की को ब्यबस्थापन रहेको सिरियल लाई श्याम शुक्ला को अफिसियल युटुब च्यानल र टेलिभिजनमा एकैसाथ रिलिज गरिने बताइएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...