पोखराको फेवा किनारमा आजदेखि सडक महोत्सव

पोखरा, पुस १५ गते ।अग्रेँजी नयाँ वर्षको स्वागतमा पोखराको फेवाताल किनारमा २३ औँ सडक महोत्सव आजदेखि सुरु हुदैँछ । रेवान पोखराले पुस १५ देखि १७ गतेसम्म महोत्सवको आयोजना गरेको हो । ‘समृद्ध समाजको लागी सुरक्षित पर्यटन प्रवद्र्धन आजको मुल आवश्यकता’ भन्ने मुल नाराका साथ अङ्ग्रेजी नयाँ बर्षको स्वागतार्थ महोत्सव गर्न लागिएको रेवान पोखराले जनाएको छ ।


पोखरा खल्ुलैछ भन्ने सकरात्मक सचुना प्रवाह गरि पर्यटन प्रवद्र्धन साथसाथै पोखरालाई “अङ्ग्रेजी नयाँ बर्षको गन्तव्य स्थल” को रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो । ‘सडकमै खाउ, सडकमै रमाउ’ भन्ने उद्देश्यका साथ विभिन्न साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रर्दशन गरिने भएको छ । महोत्सवको गृहमन्त्री बालकृष्ण खाँडले उद््घाटन गर्ने आयोजक रेवानले जनाएको छ । महोत्सवमा विभिन्न समुदायको संस्कृति झल्किने बाजागाजा तथा झाँकीसहित हल्लनचोकबाट र्यााली शुभारम्भ गरिने महोत्सव संयोजक नरेश भट्टराईले बताए । राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खानाको प्रदर्शन, दोहोरी प्रतियोगिता, झाँकि प्रदर्शन, रात्रिकालिन कन्सर्ट, डुङ्गा दौड, ह्वीलचियर दौड, वेटर रेस, टग अफ वार जस्ता प्रतियोगिता समावेश गरिएको छ ।

 


त्यस्तै महोत्सवमा पुस १६ गते राती नयाँ वर्षको स्वागतमा ‘न्यू इएर इभ’ र्यानपर समिर घिसिङ ‘भिटेन’ र विपुल क्षेत्रीको बजोड प्रस्तुति रहने आयोजकले जनाएको छ । पोखरामा वर्षेनी आयोजना हुँदै आएको पोखरा सडक महोत्सबले छुट्टै गर्विलो इतिहास बोकेको छ । दुई दशक भन्दा बढि समयदेखि पोखराको पर्यटन प्रवद्र्धन र बिकासमा टेवा पु¥याउदै आएको आयोजकको दावी छ ।

 

पोखरा सडक महोत्सवलाई रेवान पोखराले देशको विभिन्न राजनैतिक अस्थिरता, २०७२ सालको महाभूकम्प, चरम नाकाबन्दी जस्ता समस्याका बावजुद निरन्तर दिंदै आएको छ । र, यतिबेला २३ औं सस्ंकरणको तयारीमा जटुेका छौं महोत्सव संयोजक नरेश भटराईले भन्नुभयो,‘ विगतका वर्षहरुमा जस्तै विभिन्न जनसमदुाय, पर्यटन व्यवसायी, सरोकारवालाहरुको निरन्तर सहयोगले २३ औं पोखरा सडक महोत्सब पनि सफल हुने हामीले विश्वास लिएका छौं ।’ सडक महोत्सव कोरानामा संक्रमणका बाबजुतमा समेत गत बर्ष महोत्सव आयोजना भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...