राष्ट्रिय क्रिकेटका लागि बैतडीको टोली घोषणा

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय खेलाडी छनोटका क्रममा बैतडीको टोली घोषणा गरिएको छ । बन्द प्रशिक्षणमा छानिएका २८मध्ये उत्कृष्ट छनोटका आधारमा अन्तिम १४ खेलाडीको नामावली सार्वजनिक गरिएको हो ।

जिल्ला क्रिकेट सङ्घका अध्यक्ष लालबहादुर चन्दका अनुसार राम चन्दको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको र टोलीका अन्य सदस्यमा खडक बोहरा, नरेन भट्ट, वीरेन्द्र नाथ, दीपक बोहरा, प्रेम बुडाल, लोकेन्द्र चन्द, भूपेन्द्र चन्द, डम्बर बुडाल, प्रदीप चन्द, प्रशान्त कार्की, जगदीश चन्द, सुरेन्द्र चन्द र गजेन्द्र बोहरा रहेका छन् ।

यस्तै राजु भाट, सुनिल चन्द, रिशिकेश बोहरा र दिपेन्द्र जोशी वैकल्पिक खेलाडीका रुपमा छनोट भएका छन् । उक्त टोली कञ्चनपुरमा जारी प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुनेछ । बैतडीको पहिलो खेल पुस १७ गते डोटीसँग रहेको छ । प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशको टोली बनाइने छ । उक्त टोलीले राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनेछ । नेपाल क्रिकेट सङ्घको आयोजनामा उक्त प्रतियोगिता यही पुस २५ देखि गतेदेखि काठमाडौँमा हँुदैछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...