कृषि र सहकारीमार्फत समृद्धिमा जुटौ : सभामुख थापा

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १८ औं वार्षिक साधारणसभा शुक्रवारदेखि शुरु भएको छ । पहिलो पटक प्रदेश स्तरमा भौतिक रुपमा हुन लागेको वार्षिक साधारणसभा अन्तरगत पहिलो सभा सुदुरपश्चिम प्रदेशको धनगढीबाट शुरु भएको हो । एकाई ७ अन्तरर्गत सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित साधारणसभाको सुदुरपश्चिम प्रदेशका सभामुख अर्जुन बहादुर थापाले उद्घाटन गर्नु भयो ।

 


साधारणसभा उद्घाटन पछि बोल्दै सभामुख थापाले मुलुकको समृद्धिका लागि सहकारीमार्फत कृषि क्षेत्रमा आमुल परिवर्तन आवश्यक रहेको बताउनुभयो । कृषि क्षेत्रलाई आर्थिक विकासको आधार बनाउनका लागि सहकारी क्षेत्रलाई परिचालन आवश्यक रहेको भन्दै उहाँले सहकारीमा रहेको सीप र पूँजिलाई कृषि क्षेत्रको व्यावसायिकीकरणमा लगाउनु पर्नेमा जोड दिनुभयो । सहकारी क्षेत्रको प्रद्धर्वनका लागि स्थापित राष्ट्रिय सहकारी बैंकको सेवालाई सुदूरपश्चिम प्रदेशको विकट जिल्लाहरुमा समेत पु¥याउनु पर्नेमा उहाँले जोड दिनुभयो ।

 

सुदूरपश्चिम क्षेत्रको विकासका लागि सहकारी क्षेत्रलाई प्राथमिकतामा राखेर योजना निर्माण गर्ने तयारी गरेका छौ, सभामुख थापाले भन्नुभयो–प्रदेश सरकारले सहकारी क्षेत्रको योजना निर्माण गर्दा सहकारी बैंकसंगग सहकार्य गरेर काम गर्नेछौ । कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री तारा लामा तामाङ्गले नेपालको सहकारी अभियानको एकमात्र बैंकका रुपमा रहेको राष्ट्रिय सहकारी बैंकलाई थप व्यवस्थित गराउदै समग्र सहकारी क्षेत्रको साख बढाउनु पर्नेमा जोड दिनुभएको छ ।सहकारी बैंकलाई मुख्य बैंक बनाएर उत्पादन, प्रशोधन र बजारीकरणका क्षेत्रमा ध्यान दिनु पर्दछ, उहाँले भन्नुभयो–‘कृषि, कृषक र वातावरण जोगाउने गरी सहकारी बैंकका कामलाई केन्द्रीत गर्नु पर्दछ ।’

 

मन्त्री तामाङ्गले सहकारी बैंकलाई शाखा होइन, सदस्यमार्फत देशव्यापी रुपमा अगाडि बढाउने गरी वर्तमान सहकारी ऐनलाई संशोधन गर्नु पर्ने सुझाव दिनु भएको छ ।साधारण सभामा धनगगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप बहादुर वड, भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव मदन सिंह धामी, सुदूरपश्चिमप्रदेश प्रादेशिक बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष माधव प्रसाद जोशी, नेपाल बहुउद्देश्यीय सहकारी संघका संञ्चालक सुरेन्द्र कुमार शाह, जिल्ला सहकारी संघ कैलालीका अध्यक्ष फणिराज सापकोटा, जिल्ला विद्युत सहकारी संघ कैलालीका अध्यक्ष कृष्ण बहादुर खत्री, जिल्ला बचत तथा ऋण सहकारी संघ कञ्चनपुरका अध्यक्ष भवानी चन्द, जिल्ला बहुउद्देश्यीय सहकारी संघ कञ्चनपुरका अध्यक्ष प्रेम सिंह भाट र जिल्ला सहकारी संघ बजुराका अध्यक्ष दिनेशराज जोशी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...