सरसफाईका साथ नयाँ बर्ष २०२२ को स्वागत

नेपाल ट्राईयाथलन संघले सरसफाईका साथ नयाँ बर्ष २०२२ को स्वागत गरेको छ ।संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठको नेतृत्वमा संघले ललितपुर सातदोवाटोस्थित अन्तर्राष्ट्रिय खेल परिसरको सरसफाई गरेको हो ।

सरसफाई कार्यक्रममा नेपाल ट्राईयाथलन संघका महासचिव युवराज सुनुवार सहित संघका पदाधिकारी, सदस्य लगायत संघसंग आवद्ध निर्णायक, प्रशिक्षक एवं खेलाडीका अभिभावकहरुको पनि सहभागिता रहेको थियो ।

संघले आफ्नै खेलकुद क्षेत्रलाई समेटेर संघ संग आवद्ध पदाधिकारी, सदस्य, निर्णायक, प्रशिक्षक र अभिभवाकहरुलाई समेटेर आफ्नै खेलकुद क्षेत्रलाई सरसफाईका साथ नयाँ बर्ष मनाउने निधो गर्दै सरसफाई कार्यक्रम आयोजना गरेका हौं अध्यक्ष श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठले यस नयाँ बर्ष २०२२ ले खेलकुद क्षेत्रमा नयाँ आयामको थालनी गर्न सकोस भन्दै शुभकामना ब्यक्त गरे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...