सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न सबैको सहयोग आवश्यक : कावा प्रमुख गुरुङ

पोखरा, पुस १७ गते ।पोखरा महानगरपालिका कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न समुदायको भुमिका महत्वपूर्ण हुने बताउनु भएको छ । उहाँले शिक्षक, विद्यालय व्यवस्थापन समिति र समुदायको भुमिका भुमिका महत्वपूर्ण रहेको बताउनु भयो ।

जनजागृति माध्यमिक विघालय पोखरा १८ पदेलिको ६१ औँ वार्षिकोत्सब, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै उहाँले सामुदायिक विद्यालयमा विद्यार्र्थी संख्या घटनुको कारण गुणस्तरीय शिक्षा दिननसक्नु भएको बताउदै समुदाय, शिक्षक, विद्यार्थी सवै चासो दिनुपर्नेमा जोड दिनुभयो ।

शिक्षा गुणस्तरिय बनाउन सबैको भुमिका आवश्यक छ उहाँले भन्नुभयो, सामुदायिक विद्यालयमा राज्यको लगानि धेरै छ तर त्यसको प्रतिफल प्राप्त गर्न सकिएको छैन । अव समिक्षा गर्ने बेला भएको छ । उहाँले पोखरा महानगरले यस वर्ष रंगरोगनका लागि ८२ बिद्यालयलाई  ५ लाख रुपैयाँ उपलब्ध गराएको बताउनुभयो । शिक्षा प्राप्त गर्नु बालबालिकाको अधिकार हो उहाँले भन्नुभयो, विद्यालयहरुले बालबालिकामैत्री शिक्षा प्रदान गर्नुपर्छ ।

पोखराा १८ का वडा अध्यक्ष रणबहादुर थापाले विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि जनस्तरबाट धेरै सहयोग प्राप्त भएको बताउदै विद्यार्थी आकर्षणका लागि शैक्षिक गुणस्तर सुधार र बसको व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले नीजि विद्यायमा जाने विद्यार्थीहरुलाई आकर्षण गर्न बस सञ्चालन अति आवश्यक रहेकोमा जोड दिनुभयो ।

 

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर जिसिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले वडा १८ का अध्यक्ष पुष्कलबहादुर थापा, शिक्षक अभिभावक संघका अध्यक्ष सविना केसी, शान्ता माविका प्रअ बिष्णुपसाद भट्टराई,शिक्षक मिनबहादुर थापा, शिक्षक बेदहरि तिमिल्सिना,माओबादि केन्द्र पोखरा १८ का अध्यक्ष पुर्णाखर तिमिल्सिना नेपाली काँग्रेस वडा सभापति शिवप्रसाद तिमिल्सिना,शिक्षिका शर्मिला खत्री लगायतले बोल्नुभएको थियो ।

 

कार्यक्रमा विद्यालय प्रअ यामबहादुर जिसीले विद्यालयको वार्षक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । ययैवीच विद्यालयमा १६ लाखको लागतमा निर्माण भएको शौचालयको कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङले उद्घाटन गर्नुभयो । यसैवीच पवन जिसीले आफना बुबाको सम्झनामा १ लाख ५ हजारको अक्ष्यकोष स्थापना गर्नुभयो । उहाँले गरिव तथा जेहेन्दार विद्यार्थीलाई बार्षिक रुपमा छाबृत्रि प्रदान गर्ने बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...