एशियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप विजेता कप्तान अरुण सहिच चार खेलाडी सम्मानित

पोखरा-एशियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप विजेता नेपाली भलिबल टोलीका चार सदस्यलाई गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले दोसल्ला ओढाई नगदसहित सम्मान गरेको छ ।

गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयमा सोमबार आयोजित बधाई तथा सम्मान कार्यक्रममा नेपाली महिला भलिबल टोलीका कप्तानसहित गण्डकी प्रदेशका चार खेलाडीलाई नगदसहित सम्मान गरिएको हो । महिला भलिबलकी कप्तान अरुण शाही कप्तान(म्याग्दी), उषा भण्डारी(तनहुँं), सोफिया पुन(बाग्लुङ) र शान्तिकुमारी थारु(नवलपुर)लाई सम्मान गरिएको हो । खेलाडीहरुलाई नगदसहित सम्मान गरिदाँ नेपाल भलिबल संघका कार्यबहाक जिम्मेवारी सम्हाल्दै बंगलादेश पुगेका टोली नेता यामबहादुर गुरुङलाई दोसल्ला ओढाई सम्मानपत्रबाट सम्मानित गरिएको थियो ।

 

युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ, मन्त्रालयका निमित्त सचिव तेजप्रसाद काफ्ले, प्रदेश खेलकुद परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङ तथा खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले दोसल्ला ओढाई नगदसहित सम्मान गरेका हुन् । खेलाडीहरुलाई नगद ५०/५० हजार रुपैयाँ प्रदान गरिएको थियो । सम्मानपछि बोल्दै युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले खेलाडी संरक्षणको लागि मन्त्रालय मार्फत स्वरोजगार कार्यक्रम अघि सारिएको बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...