सितेरियोलाई बंगलादेशमा चार स्वर्ण

बंगलादेशमा सम्पन्न बि–जी कराते च्यामिपयनसिप २०२१ मा नेपाल सितेरियो करातेले ४ स्वर्ण पदक हात पार्न सफल भएको छ ।मुजिबको सयौं जन्मोत्सवको अवसरमा बंगलादेश गोजुरियो कराते महासंघको सहयोग तथा बंगालदेश बशप संघको आयोजनामा भएको प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीमा डिजेन डोल्मा लामा रहेकी छिन् ।

लामाले कुमिते र कातामा गरि २ स्वर्ण प्राप्त गरकी हुन् । यस्तै पासाङ्ग तामाङ्गले ७० केजी तौलको कातामा स्वर्ण हात पारेको टिम ब्यवस्थापक रामकुमार श्रेष्ठले जानकारी गराए । श्रेष्ठका अनुसार स्वर्ण प्राप्त गर्ने अन्यमा ग्याल्मो सोमिका लामा पनि रहेकी छिन् । उनले ३५ केजी तौलको कुमिते तर्फ स्वर्ण प्राप्त गरेकी छिन् ।

यस्तै गरि नेपाली टोलीले २ रजत र ५ कास्य पदक पनि जोडेको छ । पासाङ्ग तामाङ्ग  ७० केजी  र राजदेव बमजन ६५ केजी रहेका छन् । दुवैले कुमितेतर्फ रजत प्राप्त गरेका हुन् । यसैगरि कास्य पदक प्राप्त गर्नेमा रविन्द्र कुँवरले खुल्ला तर्फ, युरोडिस रोक्का ६० केजी, उमेश भण्डारी ५५ केजी, रविना ४५ केजी तथा उमङ्ग बुढाथोकी १४ बर्ष मुनि उमेर समूह रहेका छन् ।

 

च्याम्पियनसिपमा छत्रबहादुर आले मगर, रामचन्द्र गुरुङ्ग, नारायण श्रेष्ठ, प्रकाश तामाङ्ग लामा, मिङ्गमा तामाङ्ग र गणेशलाल श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।बंगलादेश गएको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोईराला र राखेपका सदस्य पुरेन्द्र विक्रम लाखेले बिदाई गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...