पोखरामा गण्डकी प्रदेशस्तरीय खुला आर्चरी प्रतियोगिता हुने

कास्की जिल्ला आर्चरी संघको आयोजनामा शुक्रबारदेखि पोखरा रंगशाला पहिलो पटक गण्डकी प्रदेशस्तरीय खुला आर्चरी प्रतियोगिता हुने भएको छ । प्रतियोगिता स्टाण्डर्ड–३० मिटरको हुने संघले जनाएको छ ।आयोजक कास्की जिल्ला आर्चरी संघले आज पोखरा रगंशालाको आर्चरी मैदानमा पत्रकार सम्मेलन गदै प्रतियोगता गर्न लागेको जनाएको हो ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै आर्चरीमा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यसहित कास्की जिल्ला आर्चरी संघले पहिलो पटक प्रदेशस्तरीय खुल्ला आर्चरी प्रतियोगिता आयोजना गरेको हो । स्टाण्डर्ड ३० मिटरको प्रतिस्पर्धामा प्रदेशका छ जिल्लाका ६६ जना खेलाडीले प्रतिस्पर्धा गर्ने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

 

प्रतियोगिताका संयोजक बसन्त गौचन(साकुरा)ले प्रतियोगितामा कास्की, बाग्लुङ, म्याग्दी, पर्वत, मनाङ र मुस्ताङका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने बताए । पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगितादेखि आर्चरीलाई राष्ट्रिय प्रतियोगितामा समावेश गरिदैं आएको हो । आठौं सस्करणसम्म गण्डकी प्रदेश आर्चरीमा च्याम्पियन बन्दै आएको छ । च्याम्पियनको शाख जोगाउन पनि नयाँ खेलाडीलाई प्रोत्साहित गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको संयोजक साकुराले प्रष्टयाए ।

 

कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले प्रतियोगितामा दश डोर(३० सर) प्रहार गरिने बताए । दश डोरबाट उत्कृष्ट अंक जोड्कै आधारमा खेलाडीको ¥याङकिङ्ग निकालिन्छ । ¥याङकिङ्ग निस्केपछिमात्रै खेलाडीहरु बीच एकापसमा प्रतिस्पर्धा गराईने फाइनल गरिने उनले बताए । ‘¥याङकिङ्ग निस्केपछि खेलाडीहरु बीच नकाउटचरणको प्रतिस्पर्धा हुन्छ ।’ उनले भने–‘नकाउट चरणमा भिड्दै अन्तिम चारमा पुगेका खेलाडीलाई पुरस्कृत गरिने छ ।’ संघले नवौंलाई लक्षित गर्दै उत्कृष्ट चारसहित अन्य ६ जनालाई प्रशिक्षणमा राखिने जनाएको छ । १० जनालाई क्लोजक्याम्पमा राखेर प्रशिक्षण गराई नवौं राष्ट्रिय प्रतियोगिताको लागि अन्तिममा ४ जना मात्रै छनोट गरिने छ ।

 

प्रतियोगितामा राष्ट्रिय पदक विजेता खेलाडीले खेल्ने भने पाउने छैनन् । नयाँ खेलाडीले अवसर नपाउने हुदाँ एकपटक पदक विजेताले अर्को पटक सहभागिता हुन नपाउने संघका अध्यक्ष शेरचनले जानकारी गराए । प्रतियोगितामा विजेताले नगद २५ हजार रुपैयाँ पाउने छ । दोस्रोले २० हजार, तेस्रोले १५ र चौथो हुनेले सान्त्वना स्वरुप १० हजार पाउँदो ¥याकिङ्ग राउण्डमा उत्कृष्ट अंक जोड्ने खेलाडीले नगद ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...