एघारौ पोखरा महोत्सवलाई संघ संस्थाहरुले सहयोग गर्ने

पोखरा ।आगामी पुषको २८ देखी अमरसिंह चौरमा आयोजना हुने एघारौ संस्करणको पोखरा महोत्सवलाई पोखरामा भएका विभिन्न संघ संस्थाहरुले सहयोग गर्ने भएका छन । युनाईटेड क्लवको आयोजना हुने महोत्सवको उद्घाटनको दिन पोखरामा रहेका विभिन्न संघ, संस्था, आमा समुह, टोल बिकास संस्थाहरुले आ आफ्नो झांकी तथा र्याली सहभागीता जनाएर सहयोग गर्ने भएका हुन ।

बिहीबार महोत्सव स्थल पोखराको अमरसिंहचौरमा आयोजित छलफलमा सहभागीहरुले पोखरा महोत्सवलाई सफल बनाउनका लागी सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन । सो अवसरमा वोल्दै नेपाल मगर इकाई समिति रामबजारका अध्यक्ष क्याप्टेन थमन थापा मगरले पोखरा महोत्सव आयोजक युनाईटेड क्लवको सामाजिक कामको सवैले सिको गर्नुपर्नेमा जोड दिए । य्ुनाईटेड क्लवको महोत्सवमा सहभागीता जनाएर समाजिक काममा लाग्न समेत थापाले जोड दिए ।

 

त्यसैगरी नगर महिला समन्वय समितिका उपाध्यक्ष इन्द्रमाया बानियाले पोखरा महोत्सव हामी सवैको महोत्सव भएकाले सवैले सहयोग गर्नुपर्ने वताउदै महोत्सवमा वढी भन्दा वढी मात्रामा झांकी र्यालीको सहभागीता जनाउनका लागी अन्य संघ संस्थाहरुलाई आब्हान गर्ने वताइन ।त्यस्तै क्लवका अध्यक्ष राजु श्रेष्ठले महोत्सवलाई सफल बनाउन संघ संस्थाहरुको योगदान महत्वपूर्ण रहेको वताउदै आगामी दिनमा पनि सहकार्य गरेर अगाडि वढ्न आग्रह गरे ।

 

क्लवका पूर्व अध्यक्ष तथा महोत्सव संघ संस्था परिचालन उपसमिति संयोजक सुक बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  क्लवका द्धितिय उपाध्यक्ष तथा सचिवालयका संयोजक गणेश तिमिल्सिनाले स्वागत मन्तब्य राखेका थिएभने कार्यक्रममा महोत्सवका सल्लाहकार समर बहादुर श्रेष्ठ, दुचीमार्ग टोल बिकास संस्थाका अध्यक्ष किरण प्रसाद भट्टचन लगायतले आ आफ्नो भनाइ राखेका थिए । कार्यक्रमको सञ्चालन क्लवका महासचिव तथा महोत्सवका प्रचार प्रसार संयोजक शान्त बहादुर थापाले गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...