६ सय जनाको आँखा जाँच

पोखरा, पुस २२ गते । मित्र मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सदस्य सेवा केन्द्र कसेरीको प्रथम वार्षिकोत्सवको अवसरमा आँखा शिविर सम्पन्न भएको छ । हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा आज कसेरी स्थित सदस्य सेवा केन्द्र परिसरमा शिविर सम्पन्न भएको हो ।

शिविरमा ६ सय जनाको आँखा जाँच गरिएको छ । जसमध्ये १५० जनालाई चस्मा उपलब्ध गराइएको छ भने ६ जनालाई थप उपचारकालागि अस्पताल रिफर गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत किरण अधिकारीले जानकारी दिए ।कार्यक्रममाहिमालय आँखा अस्पतालकी नेत्र अधिकृत शसिकमला लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो ।

संस्थाका अध्यक्ष रमण पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव कुशल पौडेलले गरेका थिए । प्रमुख कार्यकारी अधिकृत पौडेलले कार्यक्रममा उपस्थितहरुलाई स्वागत गरेका थिए ।नयाँबजार स्थित प्रधान कार्यालय रहेको संस्थाले सामाजिक उत्तर दायित्व अन्तर्गत विविध अवसरमा समाजलाई प्रत्यक्ष लाभावन्वित हुने कार्यक्रमहरु गर्दै आइरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...