शान्ति पुनःस्थापित भएको कजाकिस्तानका राष्ट्रपतिको दाबी

कजाकिस्तानका राष्ट्रपति कासिम-जोमार्ट तोकायेभले एक दिनको ठूलो दङ्गापछि क्रमश; शान्ति पुनःस्थापित भएको बताउँनुभएको छ ।
“कानून प्रवर्तन संयन्त्र र बलहरूले कडा परिश्रम गरिरहेका छन्। संवैधानिक व्यवस्था मुख्यतया सबै क्षेत्रहरूमा पुनर्स्थापित गरिएको छ,” राष्ट्रपतिको टिप्पणी छ। “आतङ्कवादीहरूको पूर्ण विनाश नभएसम्म” सुरक्षा अभियान जारी रहने पनि उहाँले उल्लेख गर्नुभएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...