पाठेघर खसेका महिलाको निःशुल्क उपचार

बोगटान फुड्सिल गाउँपालिकाका पाठेघर खसेका १५ महिलाको निःशुल्क उपचार गरिएको छ । पालिकाको आर्थिक सहयोगमा डा लेखनाथ भट्ट नेतृत्वको टोलीले पाठेघर खसेका महिलाको निःशुल्क उपचार गरेको हो ।

वर्षौँदेखि पाठेघरको समस्याबाट ग्रसित भएका महिलाको गाउँपालिकाको आर्थिक सहयोग र शैलेश्वरी अस्पताल दिपायलको प्राविधिक सहयोगमा शल्यक्रिया गरिएको शैलेश्वरी अस्पताल दिपायलका प्रबन्ध निर्देशक आइजङ्ग कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार टिएएच विधिद्वारा गरिएको शल्यक्रियामा प्रति बिरामी चार घण्टा समय लगाएर शल्यक्रिया गरिएको छ ।

पाठेघर खसेका महिलामा मानसिक तथा शारीरिक समस्या हुने भएका कारण यसले स्वास्थ्यमा धेरै ठूलो असर गर्ने हुँदा ती महिलाको पाठेघरको शल्यक्रिया शिविर सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष भगवती बमले बताउनुभयो । जिल्लाका धेरै ठाउँमा पाठेघरका समस्या भएका सयौँ महिलाले आर्थिक अभाव र रोग लुकाउने गरेका कारण यो समस्या जटिल बन्दै गएको चिकित्सक बताउँछन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...