धौलागिरी बचत सहकारीमा गुरुङ

धौलागिरी बचत तथा ऋण सहकारी संस्थाको २१ औ साधारणसभा एंव छैटौ अधिवेशनले देबी जंग गुरुङको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ ।सो समितिको उपाध्यक्षमा खड्क बहादुर थापा  सचिवमा खुसीमान गुरुङ्ग कोषाध्यक्ष मा डम्वर जंग गुरुङ्ग रहेका  छन् ।समितिको सदस्यहरुमा कल्पना थापा क्षत्री , पदम माया गुरुङ्ग,  पुजन राजभण्डारी शाक्य ,खुसीमाया गुरुङ्ग , नरबहादुर गुरुङ्ग , लेखा संयोजकमा सनकमान  सिके सर्वसम्मत चयन भएका छन् ।

 

सो साधारण सभाको शुभारम्भ गदै  सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाले सहकार्यको भावना सहित बचत ऋण संगै समाजिक उत्तर दायित्व का कार्यकक्रमहरु गनुपर्ने बताए । सहकारीले अवस्था बुझी कारोवार सहित का कार्यक्रमहरु गरेमा परिमाण देखिने बताए ।कार्यक्रममा उत्कृठ ब्यवस्थापन तर्फ ब्यवस्थापक कुशल कार्की र रुपा गुरुङ्ग,जेष्ठ सदस्यहरु थमन सिङ गुरुङ,गमवहादुर गुरुङ,गणेश गुरुङ, उत्कृठ बचत कारोवारी, शेयर सदस्य तथा एसई उत्तिण बिधार्थीहरुलाइ सम्मान गरीएको थियो ।

 

संस्थाका अध्यक्ष टोकबहादुर गुरुङको सभापतित्वमा भएको कार्यक्रममा संस्थापक अध्यक्ष थम प्रशाद शेरचन, पूर्व अध्यक्ष चन्द्राकुमारी गुरुङ, निर्वाचन संयोजक, तथा कानुनी सल्लाहकार दामोदर अधिकारी , उपाध्यक्ष देबी जङ गुरुङ , सचिव थिर बहादुर थापा , कोषाध्यक्ष बसन्त भटचन,शिक्षा संयोजक कल्पना थापा क्षत्री , सदस्य पुजन शाक्य , सनकमान सिके लगायतले संस्थाको विवित गतिविधिमा  प्रकाश पारेका थिए ।साधारणसभाले संस्थागत तथा आर्थिक प्रतिवेदन पारित सगै समितिका विवित योजना अनुमोदन गरेको सचिव थिर बहादुर थापाले बताए ।

संस्थाको २१ करोडको कुल कारोवार रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...